Nepali date


सोमवार, जेष्ठ ६, २०७६

नेपाल इन्भेष्टमेण्ट बैंकको देवानगंजमा ८० औं शाखा विस्तार

सुनसरी । नेपाल इन्भेष्टमेण्ट बैंक लिले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने जनाएको छ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइने बैंकको योजना छ ।
सो शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।
बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं १ मा शाखा थप गरेको हो ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर १० वटा राजश्व संकलन केन्द्र ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक अनुसन्धान तथा विकास विभागकी सावित्री घिमिरेले जानकारी दिनु भयो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया