मङ्गलबार, बैशाख ०४, २०८१

चलचित्र ‘रमिता’को बनैमा चरी गीतको रिमेक भिडियो सार्वजानिक

जापान । जापानका नेपाली व्यवसायीको लागानीमा तयार भएको नेपाली चलचित्र रमिताको चर्चित गीत बनैमा चरी गीतको म्युजिक भिडियोलाई पुन नयाँ स्वरूपमा तयार गरिएको छ ।

रमिताका निमार्ता मध्येका एक तथा जापानमा नेपाली व्यवसायी ईश्वरी कँडेलका अनुसार चलिचत्रको नयाँ रिमेक गीतमा नायिकाका रूपमा चर्चित नायिका केकी अधिकारीलाई सहभागि गराईएको छ। नायक दिलिप रायमाझीको साथमा नायिका अधिकारीले रोमान्चक नृत्य पस्केका छन। नेपाली लोकदोहोरीका शीर्ष हस्तीहरु विमलराज क्षेत्रि, प्रलाद सुबेदी, रंजित कुमार क्षेत्रि (कुमार केसी) को संलग्नताले गीतमा सुनमा सुगन्ध थपेको छ ।

बिमल राज क्षेत्रिलाई अर्की चर्तित गायिका जुनु रिजाल काफ्लेले साथ् दिएकी छिन् । रमिता फिल्मका निर्देशक रंजित कुमार क्षेत्रि (कुमार केसी) ले दशकौं देखिको अनुभवलाई आफुले भिडियोमा उतार्न खोजेको बताए । अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र मन्जुश्री फिल्म्सको निर्माण रहेको छ ।

भिडियो