शुक्रबार, बैशाख ०७, २०८१

टोकियोमा जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

टोकियो । नेपालमा आएको विनासकारी भुकम्प पश्च्यात् नेपालमा मनोसामाजिक ,शिक्षा ,जनस्वास्थ्य र भुकम्पको पुर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको सेन्दाई स्थित जापान इन्टरन्यासानल सपोर्ट प्रोग्राम ( जेआइयसपि) ले टोकियोमा नेपाली संगीत सहितको च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ ।
जुन २३ आईतवार हामामाच्यो स्थित मन्दिर रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट स्मृति समूहका कलाकार प्रिन्स नेपाली ( सारंगी ),बाबुराजा महर्जन ( तबला ,मादल ) ,बिनय महर्जन (बासुरी)ले आफ्नो प्रस्तुति दिनु हुनेछ पूर्णतया नेपाली बाजामा आयोजित हुने कार्यक्रममा सहभागी हुने यो सस्थाले आफ़्ना जापानी तथा नेपाली मित्रहरुलाई सहभागिताको अनुरोध गरेको छ ।
कार्यक्रममा आयोजकको तर्फबाट नेपालमा अहिले सम्म भएका कामको प्रस्तुति तथा जानकारी पनि प्रस्तुत गरिने छ । जापान इन्टरन्यासानल सपोर्ट प्रोग्राम ( जेआइयसपि) ले नेपालमा काठमाडौँ ,भक्तपुर ,सिन्धुपाल्चोक र सप्तरी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल बाहेक जापानको तोहोकु ,कुमामोतो लगायत केन्या र बगलादेशमा पनि यो सस्थाले कार्यक्रम गर्दै आएको छ । सस्थामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक बिज्ञको रुपमा नेपाली व्यक्ति डा.विजय ज्ञवाली कार्यरत हुनु हुन्छ ।
सांगीतिक कार्यक्रमको टिकट तलको लिंकबाट किन्न सकिन्छ । अथवा निम्न फोन नम्बरमा फोन गरेर पनि लिन सकिनेछ । कार्यक्रमबाट उठेको रकम नेपालका परियोजना हरुमा प्रयोग गरिने छ ।
लिंक- https://jisp-smriti-event.peatix.com/

सम्पर्क – ०९०-८०५४-७४०४ डा.विजय ज्ञवाली