शुक्रबार, बैशाख ०७, २०८१

फुकुओका नेपाल सोसार्इटीको २४औं अधिवेशन में २५ तारिख हुने

जापान । फुकुओकाको सबैभन्दा पुरानो र सबैको संस्था फुकुओका नेपाल सोसाइटी फुनेसोको २४औं अधिवेशन यही मे महिनाको २५ तारिक हुने भएको छ ।
यस भन्दा अगाढी अप्रिल महिनामै अधिवेशन सम्पन्न हुँदै आएतापनि गत बर्षबाट नेपाल फेस्टिवल लाइ असर नपरोस भनेर अधिवेशन पछाडी सारिएको हो ।
साथै आगामी बर्षमा पनि नेपाल फेस्टिवल र हकाता दोंताकु सकिएपछि फुकुओका नेपाल सोसाइटीको अधिवेशन गरिनेछ । यस बर्षको अधिवेशनका लागि बर्तमान अध्यक्ष नबिन अधिकारीको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन कमिटी गठन गरिएको छ ।
जसमा
संयोजक:नबिन अधिकारी (फुनेसो बर्तमान अध्यक्ष)
सदस्य :लक्ष्मण बानियाँ (संयोजक एनआरएनए क्युशु)
सदस्य :पुरुषोत्तम सिग्देल (फुनेसो निबर्तमान अध्यक्ष )

गत मे महिनाको ४ तारीक बसेको वर्तमान कार्यसमिति तथा सल्लाहकार ज्युहरुको संयुत्त बैठक बाट यस्तो निर्णय गरिएको हो । फुकुओका नेपाल सोसाइटीको अधिवेशनका लागि बर्तमान कार्यसमितिले निर्बाचन कमिटीलाई सम्पूर्ण जिम्मा दिएसँगै निर्बाचन कमिटीले निम्नानुसारको निर्णयहरु सार्बजनिक गरेको छ।

फुनेसो को आगामी २४औँ कार्यसमितीका लागी निम्न अनुसारको पद रहनेछन ।

१. अध्यक्ष १ जना
२. बरिष्ठ उपाध्यक्ष १ जना
३. उपाध्यक्ष २ जना
४. प्रवत्ता:-१ जना
५.सचिब १ जना
६.सहसचिब १ जना
७.कोषाध्यक्ष १ जना
८. सह-कोषाध्यक्ष १ जना
९.सदस्य ६ जना

भाइटल पदको हकमा: संस्थामा एक कार्यकाल सदस्य पदमा रही सक्रियता पुर्बक काम गरेको हुनुपर्नेछ ।
सदस्यको हकमा : संस्थामा लगेर समय दिन सक्ने र संस्थाले गरेका हरेक कार्यक्रम तथा काममा सहभागी हुन सक्ने ब्यत्ति हुनुपर्नेछ ।

मे १० तारिक देखि मे 20 तारिक सम्म निर्बाचन कमिटीका सदस्य जो कोहीलाई निबेदन र उमेद्वारी दर्ता शुल्क बुझाएको रसित सहित आफुले दिन चाहेको पदमा उमेद्वारी दिन सकिनेछ ।

उमेद्वारी शुल्क
अध्यक्ष :-२५,००० येन
बरिष्ठ उपाध्यक्ष :-२०,००० येन
उपाध्यक्ष :-१५,००० येन
प्रवत्ता:१०,००० येन
सचिब:-१०,००० येन
सहसचिब:-५,००० येन
कोषाध्यक्ष:-५,००० येन
सहकोषाध्यक्ष:-३,००० येन
सदस्य:२००० येन
मे २० तारिक देखि मे २४ तारिक साँझ ५ बजेसम्म, यदी आफुले दिएको उमेद्वारी फिर्ता लिन चाहेमा फिर्ता लिने सकिनेछ, मे २४ तारिक साँझ ५ बजे पछाडी उमेद्वारी फिर्ता लिन चाहे पनि उमेद्वारी शुल्क भने फिर्ता नहुने जनाएके छ ।