Nepali date


बिहिबार, साउन २, २०७६

भ्वाइस अफ नेपालका कोच सनुपको मार्मिक गीत बजारमा (भिडियोसहित..)

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वर रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत को भिडियो सार्वजनिक गरिएको छ ।
ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ । सनम कठायत र अफ्सना थापाको अभिनय छ भने क्यामरामा मुकेश हुमगाई ईडिटीङ मा टेकेन्द्र शाहा छ्न भने निर्देशन उनै ध्रुबप्रसाद अंम्गाईले गरेका छ्न बिन्ध्यबासिनी म्युजीक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।

गोरखा फुजेलमा जन्मिएर विगत १८बर्ष देखि प्रवासमा रहेका गीतकार अम्गाईले सारा दुनियाँको मन छुने हृदयस्पर्शी गीत ‘न भुल्ने सक्ने’ लेखेका हुन् । उनको शब्दमा सनुपले सुमधुर स्वर दिएका हुन् भने हरि लम्सालको संगीतका कारण उक्त गीतले सबैको मन छुने खालको रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ । अहिले पछिल्लो समयमा यथार्त र समसामयिक बिषयमा डुबेर कलम चलाउने शब्द बाणको माध्यम बाट सामाजिक क्षेत्रका एक उदयमान आसा लाग्दो गीतकारमा उनि अंम्गाई स्थापित भैसकेका छ्न उनि एक खरो शैलिका ईमन्दार सामाजीक ब्यक्तित्व र मेहनेती सादा जिबन उच्च बिचारका ब्यक्ती हुन !
उनका धेरै गीतहरुले अहिले चर्चा परी चर्चा बटुलीसकेका छ्न मखमली चोली ! मनखोलेर गाउ है गीत ! फुल दिउत ! कैले माया यता लाएउ कैले उता ! नजुरेको लगन हाम्रो ! पछी पछी बैशालु माया जस्ता यथार्त परक गीतले धेरै को मन छोई सकेको छ्न भने आर्को एउटा लभ सङ भन भन प्यारे आउने क्रममा छ उनको शब्द -सग्गीत – अर्जुन पोखरेल – स्वर रबि ओढ र दुर्गा खरेल को छ भने अभिनयन प्रीयन्का कार्की र आयुस्मन जोशी को छ निर्द्श्न शिब बिकले गरेका छ्न !

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया