Nepali date


शनिबार, अशोज ४, २०७६

जापानमा अध्ययनरत १ सय जना नेपाली विद्यार्थीलाई छात्रवृत्ती

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले १ सय जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती दिने भएको छ ।

यहि मे ८ तारिंक एनआरएनए जापान अध्यक्ष टाशी वांग्दी लामा र ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्कसंग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामाबीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै दोस्रो पटक उक्त संस्थामार्फत एनआरएनए जापानको समन्वयमा हाललाई १००जना नेपाली जेहेन्दार तथा लगनशी ल बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन लागेको हो ।

एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार छात्रवृत्तिका मापदण्ड केहि दिनमा सार्वजनिक गरिनेछ । हाल यसै प्रकृया अन्तर्गत जापानमा अध्ययनरत ३० जना जेहेन्दार विद्यार्थीले विशेष छात्रवृत्ति प्राप्त गरिरहेका छन् । जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ ।

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छुनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिए जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया