सोमबार, बैशाख ०७, २०८३

चावहिल–साँखु सडकखण्ड पिच गर्न माग गर्दै बौद्धमा विरोध प्रदर्शन

काठमाडौं । चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुदा मारमा परेका बौद्धका स्थानीय बासिन्दाहरुले यातायात अवरुद्ध पारेका छन् ।पाँच सयको संख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले आज बिहान ८ बजेदेखि गरेका आन्दोलनका कारण सडक अस्तव्यस्त भएको छ ।
अहिले सो क्षेत्रमा कुनै पनि सवारी साधान सञ्चालन भएका छैनन । आन्दोलनमा उत्रिएका स्थानीयवासीले तुरुन्तै सडक कालोपत्रे गर्न माग गरेका छन् । विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी आज विहानदेखि सडक अवरोध गरिरहेका छन् ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।