शुक्रबार, बैशाख ०७, २०८१

नवलपरासी समाज जापानको निरज बचाउ अभियान संचालन,सहयोगको अपिल

टोकियो,विश्वाश आचार्य । नवलपरासी समाज जापानले बोन्म्यरो रोगबाट पीडित ११ बर्सिय बालक निरज गौडेल बचाउ अभियान जापानको बिभिन्न ठाउबाट सुरु गरिरहेको छ ।

नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित , भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन , त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।

समाजले अहिले समाजका सल्लाकार यादब केसीको सक्रियतामा बोन्म्यरो रोगबाट पीडित नवलपरासी कावासोती २ का ११ बषिय निरज गौडेल बचाउ अभियान चलिरहेकोछ । गौडेल यतिखेर भारत को यम्स अस्पताल उपचार गराउदै सहयोगको अपिल गरिरहेकाछन् ।
यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अभियानका संयोजक यादब केसीले सबैलाई धन्यवाद व्यक्त गरेकाछन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रति पनि समाजले आभार व्यक्त गरेको छ ।