सोमबार, बैशाख ०७, २०८३

किरात याक्थुङ चुम्लुङ जापानको चौथों महाधिवेशन सम्पन्न,अध्यक्षमा चन्द्रकुमार

टोकियो । किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन जापानको आईचिकेन स्थित सुन्दर सहर नागोयामा भएको छ ।

किरात याक्थुङ चुम्लुङ जापानको चौथो महाधिवेशन जापानको आइचिकेन नागोया शहरमा रहेको सेयो सामुदायिक टोयोटा हलमा गत आइतबार सम्पन्न भएको हो ।
अरूण नदी पूर्वको ९ जिल्लाहरूलाई स्वायत्त लिम्बुवान राज्य कायम गर्नका लागि लिम्बुवान स्वायत्तता , हाम्रो प्रतिबद्धता ” भन्ने मूल नाराका साथ सम्पन्न भएको महाधिवेशनले चन्द्रकुमार जबेगुको नेतृत्वमा ३१ सदस्सीय कियाचु जापान कार्य समिति सर्वसम्मत निर्वाचित भएको ५ । अध्यक्षमा चन्द्रकुमार जवेगू सहित उपाध्यक्षहरुमा सुदिप पालुङवा , अपेक्षा मादेन ,मनकुमार तुम्सा , देवेन्द्र लाओती , पुस्पराज थेवे , महासचिव लक्ष्मीहाङ आङवो , सचिव वालविक्रम तिगेला , रेखा तुम्वाहाम्फे , नरेस योङहाङ , मुक्साम लाओती , प्रविन सामयेम्खाम , कोषाध्यक्ष हरेन्द्र नाल्वो सह कोषाध्यक्ष किशोर आङवुहाङ , प्रवक्ता किरण थेगिम , सदस्यहरू स् युवराज लाओती , सदस्यः मानवहादुर मादेन खेवा सदस्य स् भिष्म लाओति , सदस्य स् वसन्त शेर्मा , सदस्यहरुमा वालकिसोर लिम्बू , सुर्य मावो वॉकी १ ० मनोनीत हुन वाँकी नव निर्माचित महासचिव लक्ष्मीहाङ् आङ्बो जानकारी दिनुभयो ।

चुम्लुङ जापानले आफ्नो स्थापनाकालदेखि नै भाषिक ,साँस्कृतिक ,ऐतिहासिक ,सामाजिक एवं वैचारिक बहस ,कार्यक्रम साथै दवावका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ भने जापानमा बस्ने लिम्बू समुदायमा पर्ने विविध समस्याहरुमा साथ सहयोग ,सहजिकरण साथै हौसला प्रदान गर्दै आइरहेको संस्थाका अध्यक्ष चन्द्रकुमार जवेगूले बताउनु भयो ।
महाधिवेशनमा जापानको टोकियो ,साइतामा,चिवा,तोचिगि ,ईवाराकी , सिजुओका,गुन्मा ,सेन्दाइ ,नागोया , फुकुओका,ओकिनावा,ओसाका लगायत स्थानबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।