बिहिबार, बैशाख ०६, २०८१

जनजाति महासंघ जापानले २५६३ औँ वुद्ध जयन्ती समारोह आयोजना गर्दै

जापान । नेपाल आदिवासी जनजाति महासंघ जापानले २५६३ औँ वुद्ध जयन्ती समारोह तथा वुद्धको प्रवचन श्रवन कार्यक्रम आयोजना गर्ने भएको छ ।

जनजाति महासंघ नेफ़िन जापानले बुद्ध जयन्ती समारोह २०१९ गर्न लागेको अध्यक्ष टेक बहादुर लिम्वु (सुमन)ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द संस्थाहरू तमु धीं जापान, नेपाल तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई यायोख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती समारोह २०१९ कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानले बताउनु भयो ।

उक्त दिन वुद्धको प्रवचन श्रवन तथा प्रसाद ग्रहन गरि औपचारिक कार्यक्रम हुने नेफिन जापानका महासचिव शान्तकुमार पहरीले बताउनु भएको छ ।

कार्यक्रम
मिति : २०१९ में १९ आइतवार
समय : दिउसो १३ बजे
स्थान : टोकियो,जापान
ठेगाना : NIPPONZAN MYOHOJI (JR Sobu Line-ichigaya station) 3-2-23 kudan-kita Chiyoda ku Tokyo japan