बिहिबार, असार ११, २०८३

गोल्डेन वीकको अवसरमा आत्मिकी जागृति सेमिनार हुने

जापान । गोल्डेन वीकको अवसर पारि विभिन्न बिषयमा आधारित रहेर आत्मिकी जागृति सेमिनार उत्साह मण्डली जापानको आयोजनामा भोलि बुधबार देखि शुरु हुने भएको छ। जुन सेमिनारलाइ उध्घोष गर्ने प्रवक्ताहरु नेपाल जीवित मण्डली काठमाडौँ का पास्टर रंजित कवर र पास्टर सारा कवर आज टोक्यो आइसक्नुभएको छ ।मण्डलीमा कसरि अगुवा र बिश्वासीहरु मजबुद हुने, आत्मिकी बरदान ,युवा,महिला,विवाहित जीवन ,परिवार, परामर्श र भेटघाट आदि बिषयलाई लिएर सेमिनार सम्पन्न हुन गइरहेको छ । बिशेष गरि बुधबार ,शनिबार र आइतबार को दिन सबै बिषयमा आधारित रहेर भोलि १ तारिक देखि १९ तारिक सम्म आत्मिकी सेमिनार कार्यक्रम समापन हुने जानकारी कार्यक्रम संयोजक केशरी राइले बताउनुभएको छ । समग्रमा आउने मे १२ तारिक उत्साह मण्डली जापान द्वारा जापान भरि छाहरियेर रहेका सबै नेपाली संगतिका पास्टर अगुवा तथा बिश्वशिहरुलाई एक दिने आत्मिकी जागृति सेमिनारमा निमन्त्रणा गरेको छ ।

जुन कार्याक्रम उत्साह मण्डली जापान कामाता आफ्नै भवन मा हुने जानकारी संयोजक राइले बताउनुभएको छ । यस आत्मिकी जागृति सेमिनारले मण्डली सुधार अगुवा मजबुद र युवा ,बैबाहिक जीवन ,परिवार र परामर्श जस्ता अति आवशेक बिषयलाई केन्द्रित गरेको छ ।