सोमबार, बैशाख ०७, २०८३

टोकियोमा मोना नाईट साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न(फोटोफिचर)

टोकियो । जापानको राजधानी टोकियोमा म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले मोना नाईट साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक विपन्नता तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ सोमवार साँस्कृतिक कार्यक्रम नाकानो जेरो हलमा सम्पन्न गरेको हो ।
नेपालवाट आएका कलाकारहरु शिव परियार,ज्योती मगर, गगन पुनको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने स्थानिय कलाकार श्याम शितल र खड्क पुनको प्रस्तुति रहेको थियो । प्रस्तुती पनि आकर्षणको केन्द्र विन्दु थियो ।
कार्यक्रममा उपस्थित अतिथी , दर्शक तथा कलाकारहरुलाई थाली नाच र झ्याउरे नाच,देउराली पञ्चे बाजा र नौमती बाजाको प्रस्तुती पनि आकर्षण रहेको थियो ।

मोना एसिया संयोजक तथा जापानका संरक्षक ददिवल खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोना जापानका अध्यक्ष दिपक कार्कीको सभापतित्वमा सन्चालनमा सस्थाका महासचिव गणेश श्रेष्ठले गरेका थिए ।