Nepali date


शनिबार, भदौ ७, २०७६

चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई परिचय दिँदै योगेश भट्टराई

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई आफनो परिचय दिँदै गरेको नेकपा नेता योगेश भट्टराईको तस्विर यति वेला भाईरल बनेको छ ।
राष्ट्रपति भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ ।

ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । दुबै देशको राष्ट्रियगानसहित जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो । तस्बिर स् योगेश भट्टराईको फेसबुकबाट

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया