सोमबार, बैशाख ०७, २०८३

गैरआवसीय नेपाली संघ जापानको नवौं अधिवेशन अगष्टमा हुने,नयाँ सदस्यता खुल्ला

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नयॉ नेतृत्व निर्वचनको लागि आगामी अगष्टमा नवौं अधिवेशन हुने भएको छ ।

शनिवार एनआरएन जापानले पत्रकार सम्मेलनको आयोजना गरि अगष्टमा नवौं अधिवेशन गर्ने धोषणा गरेको हो । अधिवेशनको मिति धोषणसंगै नयॉ नेतृत्वको लागि उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।

शनिवार सम्पन्न पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार गैरआवसीय नेपाली संघ जापानको सदस्यता लिनको लागि केन्द्रले तयार पारेको ग्लोवल मेनेजमेन्ट अफ ईन्फमेशन सिस्टममा गई सदस्याता लिन सकिने महासचिव बुद्दीराज घिमिरेले जानकारी दिनुभयो ।

एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा एनआरएन जापानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपध्यक्ष भण्डारीले अधिवेशनले अध्यक्ष १ ,वरिष्ठ उपाध्याक्ष १,उपाध्याक्ष ५ -महिला,युवा,क्षेत्र र खुल्ला २),महासचिव १, सचिव ३ ९क्षेत्र, खुल्ला २० कोषाध्यक्ष १ ,सहकोषाध्क्ष १ , ८ सदस्य एक महिला सहितको निर्वाचन हुने जनाएको छ । यसवर्ष देखि युवा संयोजक तथा महिला संयोजकको पनि निर्वाचन हुने बताउनु भयो ।
यस पटक गैरआवसीय नेपाली संघ जापान नयॉ नेतृत्वको लागि एक दर्जन भन्दा बढीले दावी गरेका छन् तर नेतृत्व दाविको लागि आधिकारीक घोषणा भने गरेको छैन ।
https://drive.google.com/file/d/12iKMH9yB6gnKPrgwSed-OYWaUPstY8D2/view?usp=sharing