सोमबार, बैशाख ०७, २०८३

चितवन तेक्वान्दो दोजाङद्धारा टोकियोमा सम्मान कार्यक्रम सम्पन्न

वाटा च्याम्पियनसिपमा नेपाली खेलाडीहरुवाट स्वर्ण सहित ७ पदक हात पार्न सफल
टोकियो । अन्तराष्ट्रीय तेक्वान्दो च्याम्पियनसिप (वाटा)मा नेपाली खेलाडीहरुले १ स्वर्ण सहित ७ वटा पदक जितेका छन् ।

जापानको ओसाकामा यहि अप्रिल २० र २१ तारिख सम्पन्न १७ औँ वाटा च्याम्पियनसिपमा भाग लिन आएका नेपाली खेलाडीहरुले २६ देशका विभिन्न उमेर समुहका खेलाडीहरुसंग प्रतिस्पर्धा गरी सो पदक जितेका हुन् । यस पटक आकृति गुरुङ स्वर्ण, जिप्सन नेपाल रजत,सुदिप गिरी रजत,धनमाया सिंजाली – कास्य,विद्या राई रजत,अब्बास खान रजत र प्रदीप आलेमगरले रजत पदक दिलाएका हुन् । वाटा च्याम्पियनसिपमा यो नेपालको दोस्रो पटकको सहभागिता हो ।

यस पटक सहभागी हुन आएका खेलाडीहरुमा रोशन खान टोली मुख्य प्रशिक्षक,जितसिंह लामा र अशोक खड्का अन्तराष्ट्रिय रेफ्री,टिम प्रशिक्षक हेम लाल श्रेष्ठ,उमा अधिकारी मेनेजर,लिलावती नेपाल अफिसियलका साथमा,पुम्से तर्फबाट सिनियर गोपाल श्रेष्ठ,फाटिङ तर्फबाट सिनियर ५७ केजी तर्फ धनमाया सिन्जाली,महिला ५३ केजी तर्फ बिध्या राई ,पुरुष सिनियर बिनोद थापा,७३ केजीतर्फ सिद्दी बिक्रम शाही, जुनियर ५० केजी मुहम्मद उमर खान ५४ केजी, उज्ज्वल श्रेष्ठ ७३ केजी , अब्बास खान ५४ केजी,जिप्सन नेपाल जुनियर ४५ केजी , बिजय गुरुङ जुनियर ५० केजी , जुनियर महिला ४१ केजी आकृति गुरुङ र पुरुष सिनियर अभिषेक राना रहेका थिए ।

ओसाकामा भव्य कार्यक्रम
कान्साई वासी नेपालीहरुले ओसाकामा खेलाडीहरुलाई स्वागतमात्र होईन् बिदाई पनि भव्यरुपमा गरेका छन् । एनआरएनए कान्साईमा आबद्द विभिन्न व्यक्तिहरुले १ लाख ४० हज़ार २ सय येन आर्थिक सहयोग पनि गरे । त्यसो त कान्साईवासी नेपालीहरुले चितवन तेक्वान्दो डोजाङको प्रशिक्षण हल निर्माणका लागि यस भन्दा अघि पनि सहयोग गरिसकेका छन् ।

नागोयामा पनि खेलाडीहरुलाई सम्मान तथा सहयोग
ओसाकामा खेल खेलेर टोकियो आउने क्रममा नागोया वासी नेपाली समुदायहरुले पनि खेलाडी तथा सम्पूर्ण टिमलाई सम्मान तथा सहयोग गरेका छन् । सहयोगि तथा डोजाङको कभर्ड हल निर्माणका अभियानकर्ता दिपकबाबु नेपालका अनुसार नागोमा यस पटकको कार्यक्रममा ६० हज़ार जापानी येन संकलन भएको छ ।

राजदुतावासबाट खेलाडीहरुलाई बधाई तथा विशेष सम्मान
नेपाली राजदुतावासले राजदुतावासमै खेलाडीहरुसंह भेट गरी बधाई ज्ञापान गरेको छ । महामहिम राजदुत प्रतिभा राणा,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल तथा दुतावासका अन्य कर्मचारीहरुको उपस्थितीमा भएको भेटमा महामहिम राजदुत प्रतिभा राणाले, नेपालबाट जापान आई पदक जितने खेलाडीहरुलाई बधाई तथा सम्पुर्ण खेलाडीहरुलाई आगमी जिनको लागि शुभकामना दिनुभएको थियो । साथै सोहि अवसरमा चितवन तेक्वान्दो दोजङका तर्फबाट राजदुत तथा उपनियोग प्रमुख समक्ष मायाँको चिनो पनि प्रदान गरिएको थियो ।

टोकियोमा सहयोगदाताहरुलाई सम्मान
चितवन तेक्कान्दो डोजाङले आफ्नो कभर्ड हल निर्माण तथा वाटा च्याम्पियनसिपको यात्रालाई सफल बनाउन विभिन्न माध्यमबाट सहयोग गर्ने, संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेकोछ । डोजाङ्ले जापानमा कृयाशिल सम्पूर्ण संचार गृहका १/१ जना संचारकर्मि तथा अन्य सहयोगी दाताहरुलाई मायाँको चिनो तथा प्रसंशा पत्र प्रदान गरी सम्मान गरेको हो । सम्मानित हुने जापानमा रहेका कृयाशिल संचार तथा संचारकर्मिहरुको विवरण यस प्रकार रहेको छ । आनन्द कोईराला नेपालजापान डट कम,राजन गौतम नेपालन्यूजपोष्ट डट कम,शान्तकुमार पहरी मातृसन्देश डट कम,तिलक मल्ल समुन्द्रापारी डट कम,विश्वाश आचार्य सनराइजजेएन डट कम,प्रेमिला गौचन एभरेष्टफुजीन्यूज डट कम ,गोकर्ण अधिकारी जापानसमाचार डट कम,कविकिरण न्यौपाने फुजीनेपाल डट कम, विनोदकुमार सापकोटा – नागोंया अनलाईनसुचनापार्टी डट कम,चन्द्र खनाल सगुनसन्देश डट,संगिता कुँवर समचारदैनिक डट कम,एचवी ताम्रकार ओएसनेपाल डट कम , ज्याक खडका डिसीनेपाल डट कम,इन्द्रा खनाल एविसि टेलिविज़न,नारायण रिमाल नागरिक दैनिक,पवन वर्षा शाह कान्तिपुर दैनिक,विमल भट्ट सिम्पानीन्यूज डट कम,निशान राना नागोंया जक्शन डट कम, राजबिन थापा नागोंया दिब्यदृष्टी डटकम,राजेश घिमिरे नारायणी अनलाईन,दिनेशकुमार थपलिया साझाचौतारी डट कम, फुर्वा शेर्पा समायोजनखबर डट कम, अर्जुन लामिछाने प्रवासी नेपाली अनलाईन खबर डट कम, रबिन्द्र श्रेष्ठ नेपालसन्देश डट कम,उत्तम गौडेल एभिन्युज टेलिविज़न, भवानी पन्त नागोंया सेतोपरेवा डट कम, प्रमेश गुरुङ रिपब्लिक डट कम,विश्व बन्धु भण्डारी रेडियो एनआरएन डट कम,लक्ष्मी पौडेल नेप्लिज ग्लोबल,सागर देवकोटा सहयात्री डट कम, कुमार मोक्तान नेपालसरोकार डट कम,खगराज गौतम जनहितखबर डट कम, राम तामाङ नागोया जापान रिपोर्टर सैलुङ अनलाईन,सजिना मोक्तान सारंगीन्यूज़ डट कम छन ।

अभियानकर्ता दिपकबाबु नेपालको सभातित्व तथा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा,चितवन तेक्वान्दो डोजाङका अध्यक्ष रोशन खान र संस्थापक अध्यक्ष कृष्ण चौधरी एवं नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकालीको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी,गैरआवासीय नेपाली संघ जापानकी कोषाध्यक्ष कालिका थापा,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीँ जापानकी अध्यक्ष अनिता गुरुङ, पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ,चितवन समाज जापानका उपाध्यक्ष ईश्वरी कँडेल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।