Nepali date


शनिबार, बैशाख ७, २०७६

धादिङ् समाज जापानको नयाँ वर्ष सांस्कृतिक कार्यक्रम स्थगित

टोकियो । नेपाली नयाँ वर्षको अवसरमा धादिङ् समाज जापानले आयोजना गर्ने भनिएको न्यु ईयर म्युजिकल मेला तत्कालका लागि स्थगन गरिएको छ ।

समाजले , सडक सुरक्षा सचेतना तथा आपतकालिन राहतकोष निर्माणार्थ यहि अप्रिल २१ तारिख टोकियोमा न्यु ईयर म्युजिकल मेला आयोजना गर्ने तयारी गरेको थियो । समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार , आन्तरिक तथा प्राविधिक तयारीका लागि थप समय लाग्ने भएकाले अर्को मिती तय नभएसम्मका लागि स्थगन गरिएको हो ।

त्यस्तै समाजका महासचिव बिमल श्रेष्ठले भने – ‘पूर्वनिर्धारित समयमा कार्यक्रम आयोजना हुन नसक्दा, सम्बन्धित वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दछौँ , साथै चाँडो भन्दा चाँडो कार्यक्रमको नयाँ मिती सार्वजनकि गरि कार्यक्रम आयोजना गर्नेछौँ ।

समाजले ,तोकिएको समयमा कार्यक्रम आयोजना हुन नसके पनि समाजले राखेको सडक सुरक्षा सचेतना तथा आपतकालिन् राहतकोष निर्माणको उदेश्य पुरा गर्न चाँडै भव्य कार्यक्रम गरिने बताएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया