Nepali date


बुधबार, बैशाख ११, २०७६

आज कादो सिरुवा पर्व धुमधामका साथ मनाइँदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम खर्चमा चाडपर्व मनाउनुपर्ने बताउनु भएको छ । सिरुवा पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालीहरूलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र चाडपर्वहरू रहेको उल्लेख गर्नु भएको छ ।

‘हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढङ्गले मनाउनु पर्दछ ।’ प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको उहाँले शुभकामना दिनु भएको छ ।

पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिहरूले सिरुवा पर्व मनाउँछन् । नयाँ वर्षको रुपमा मनाइने सिरुवा पर्व तीन दिनसम्म मनाउने चलन छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिन आपसमा रङ्ग दलेर ‘रंग सिरुवा’ मनाउने गरिन्छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया