Nepali date


आइतवार, साउन ५, २०७६

जापानमा रोल्पालीहरूलाई गायिका रितुले यसरी नचाईन (फोटोफिचर..)

टोकियो । जापानमा रहेको रोल्पालिहरूको संस्था रोल्पा समाज जापानले नेपाली नयाँ बर्ष २०७६ मा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

जापानको राजधानी टोकियो आसपासमा रहेका सम्पुर्ण रोल्पाली जो जापानमा बिभिन्न पेशा ब्यावसायी र रोजगारीको क्रममा छन सबै जनाले नयाँ बर्ष भब्यताका साथ् मनाएको रोल्पा समाज जापानका अध्यक्ष प्रेमप्रकाश रोका मगरले जानकारी दिनुभयो ।

नेपालबाट आउनु भएकी चर्चित गायिका रितु थापा मगर र जापानमैं रहेका कलाकारहरूको उपस्थितिमा सांगीतिक कार्यक्रमसमेत भएको थियो ।
नेपाली नयाँ बर्ष विक्रम सम्वत् २०७६ को शुभकामना आदान प्रदानका साथै एक अर्कासँग परिचित हुने मौक़ा समेत मिलेको थियो ।
आइतवार टोकियो रोधी घर शिनओकुबो सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघ जापानका संरक्षक राम जुक्जाली मगर,विशेष अतिथिमा एनआरएनए आइसीसी सदस्य दिनेश गुरुङ्,एनआरएनए जापान चिवाका अध्यक्ष विष्णुप्रसाद सुबेदी,चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ जापानका सदस्य शान्त पहरी,मगर संघ जापान कांतोंका अध्यक्ष रीत राना मगर,पत्रकार प्रेमिला गौचन,मोना जापानका उपाध्यक्ष विशाल केसी लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया