यस कारण २०७५ को लागि उत्कृष्ट गायिकामा मेलिना राई

काठमाडौं । नयाँ बर्षको आगमन सँगै नेपाली गीत संगीतलाई २०७५ साल तिर फर्केर हेर्ने हो भने सबैभन्दा धेरै हेरिएको र सुनिएको गीत लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको छ । चलचित्र ,आधुनिक ,लोक भाका , लोकपप देखि लिएर थुप्रै गीत गाइसकेका राईको लागि यो बर्ष निकै नै सुखद् मानिन्छ ।

उनको जन्म ७ डिसेम्बर १९९३ मा भारतको दार्जिलिङमा भएको थियो।१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो। २०७३सालको यामाहा कालिका एफ.एम म्युजिक अवार्ड पनि जितेकी हुन् ।

_____________२०७५_____________

– गोजीमा दाम छैन ( चंगाचेट)

-तिमीले बाटो फेर्‍यौ रे (२)

-पिरतीको डोरी…(एल्बम:अनमोल)
– नाच फिरिरि
– कसरी कसरी
– पिरिम नलाउने
– चट्ट रुमाल ( रिमेक भर्जन)
– लाइछौं बेसन ( रिमेक भर्जन)
-मलाई देखेर ( लोक दोहोरी)
– बैशै बईमानी
– ए कालू
लगायत यो बर्षमा धेरै गीतहरु चर्चित छ
कमै उमेरमा सर्वाधिक लोकप्रिय हुने गायिका हुन् मेलिना । सुगम संगीत बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी राई अहिले सबै विधाको गीतमा उतिकै सक्षम छिन् । अाधुनिक लोकदोहोरी ,चलचित्र ।
नेपाली चलचित्रमा एक रेकर्ड नै कायम गरेसकेकी छिन् , पछिल्लो समय गीत संगीतलाइ कति रुचाइयो भनेर मापन गर्ने माध्यम बनेको युट्युवमा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीत मेलिना राईको रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया