Nepali date


बुधबार, बैशाख ११, २०७६

तामाङ समाज जापानको मिस जापान नेपाल बिजेतालाई बधाई तथा सम्मान

चसिला वाईबा,टोकियो । नेपाल तामाङ समाज जापानले मिस जापान नेपाल २०१९ को प्रथम उपाधि बिजेता प्रेमिशा तामाङ लगाएतलाई सम्मान तथा सम्मान गरेको छ ।
विजेता प्रेमिशासहित मिस पब्लिक च्वाईस बिजेता नीना राई र बेस्ट क़्याटवाल्क़ उपाधि बिजेता थीमसाङ डोल्मालाई बधाई तथा सम्मान गरिएको हो ।

समाजले बुधवार टोकियोमा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई दिएको छ । प्रमुख अथिति समाजसेबी सञ्जय लामा अथिति पदम गुरूङ लगायतका उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व समाजको उपाध्यक्ष रुबिना तामाङले गर्नु भएको थियो । समाजको सदस्य अनु थोकर तामाङले खादा लगएर सुरु गरिएको सो कार्यक्रमको संयोजन उपाध्यक्ष पुजन तामाङले गर्नु भएको थियो ।
मिस जापान नेपाल २०१९ मा प्रेमिशाले विजेता भइन भने फष्ट रनरअफ रितु गौतम भईन भने सेकेण्ड रनरमा आयूषा फुलेलले हात पारेकी थिइन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया