Nepali date


बुधबार, बैशाख ११, २०७६

म परदेशी भुमीमा गन्तब्य खोज्दै छु आमा

मिरा राजभण्डारी,
म परदेशी भुमीमा गन्तब्य खोज्दै छु ।
न ताके गाथ गादी
न मान प्रतिस्ठा सम्मान
म जिउदो मन नेपाली
मात्र मागे ।
मातृभूमी दुई मुठी गंगाजल पानी
थिएन र छैन रहर
म बाध्यता परदेशतिर
गन्तब्य बैभव नेपाल
रगत पसिना मरभुमीमा तरतर
म निलो आकाश
मेरो देश नेपाल देख्छु ।
बिहान उठ्दा हिमाल हासोस ।
सगर चुमोस हिम्चुली
तिमी रुदा म कहाँ हास्न सक्छु र
बस
तिम्रा आसुँ पुछ्न मेरा हत्केला
निलो आकाश चन्द्र सुर्ये
मुटु भरी भरी बोकेर
परदेशिये आमा नेपाल
फर्की फेरी आउने बाचा शहीत
तिम्रा आसुँ पुछ्न
एक मिटर पाउ भरी
रेशमी रुमाल
म बोकेर आउने छु ।
मेरो देश
जिउदो शाहीद हरुको देश
जिउदै मरेर बाच्ने हरुको देश
जिउदा सपना हरु खन्डहर बनेको देश
फेरी पनि म मरेको छैन ।
आशा निराशाबिच
मौलाएको मेरो गन्तब्य
पर्देश भुमी सहि
तिम्रो माटो सुगन्ध जोगाउन
तिम्रो सुन्दरता जोगाउन
म पर्देशी माटोमा
म गन्तब्य खोज्दै
पर पर पर्देश जादै छु ।
मेरी आमा
मेरो विश्वाश
तिमी पर्खि रहनु
तिम्रो एक मुठी माटो चन्दन
म सँग सुरछित छ ।
हजार पसिना बग्रेल्ती
मेरो बाचा छ ।
तिम्रो एक मुठी माटो जोगाउन
तिम्रो सुन्दरता जोगाउन
म परदेशी भुमीमा
गन्तब्य खोज्दै छु ।
मेरी आमा

कतामरी

चैत २५ २०७५ सोमबार

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया