Nepali date


आइतवार, साउन ५, २०७६

प्रकाश : डिअर साँकुरा

प्रकाश बुढाथोकी,
जिबन एक समय हो ।
एक मौसम हो ।
समय अनुसार बदलिरहन्छ ।
केवल फूलिनैरहन्छ ।
परिस्थिति जस्तो सुकैहोस ।
जिबन पनि चलिरहन्छ ।
ऑधीहुरि ताईफू आएपनि
ओइलिएर झरेपनि
फूल्ने झर्ने क्रम रहिरहन्छ ।
त्यस्तै
अध्यारो रात पछि
सुनौलो बिहान ऑउछ ।
जिबन पनि त्यस्तै हो ।
अनेक घुम्तीमोड
दुख पछि सुख आउँछ ।
आशमा मान्छे बॉचेको हुन्छ ।
मनमा सपना सॉचेको हुन्छ ।
परिणाम जेसुकै भएपनि
हो ।
म पनि यस्तै छु ।
बोल्नेसंग बोलिदिन्छु ।
हॉस्नेसंग हॉसिदिन्छु ।
रुनेसंग रोइदिन्छु ।
माया र आदर गर्नेलाई
सम्मान गरिरहन्छु ।
टाढा हुनेलाई बिर्सिदिन्छु ✍️

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया