बिहिबार, बैशाख १३, २०८१

गेलूमा महिलाहरु सिलाई कटाईको काम सिकेपछि आत्मनिर्भर बन्दै

रामेछाप,कैलाश खत्री ।
मन्थली नगरपालिका वडा नम्बर १२ गेलूका २४ जना महिलाहरु सिलाई कटाईको काम सिकेपछि अहिले आत्मनिर्भरको बोटोतिर अगाडि बढेका छन् ।
उनीहरुले सिलाईको काम गरेर आर्थिक आम्दामी समेत बढाउन थालेका छन् । मन्थली नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति रामेछापले तीन महिने तालिम दिएपछि महिलाहरु आत्मनिर्भर बनेका हुन् । गेलुमा गत पुष १५ गतेबाट सुरु भएको सिलाई कटाई सम्बन्धी तालिम बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको थियो ।

मन्थली नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णहरि अधिकारीको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दिपा पाख्रीनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घरेलु तथा साना उदोग विकास समिति रामेछापका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र कुमार श्रेष्ठ ,१२ नम्बर वडाकी सदस्य राधिका खड्का ,नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलशा खत्री ,मावि सिक्रालका प्रधानाध्यापक पवनराज खड्का , पशुपति विकास समितिका अध्यक्ष सम्भु अधिकारी लगाएतले बोलका थिए । वक्ताहरुले तीनमहिने तालिमले आधारभूत रुपमा सिलाईकटाई सिकेका र बाकि विशेष तालिमका लागि सहयोग गर्न नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिलाई आग्रह गरेका थिए ।

तालिममा सहभागि महिलाहरुले अब आफुहरु टेलर्स व्यवसाय गरी आम्दानी गर्नसक्ने अवस्थामा पुगेको भन्दै व्यवसाय सरोकारवाला निकायसंग सहयोगको अपेक्षा गरेका थिए ।