Nepali date


शुक्रबार, साउन ३, २०७६

रोल्पा समाज जापानले नयाँ बर्ष २०७६ मा शुभकामना कार्यक्रम गर्ने

टोकियो । जापानमा रहेको रोल्पालिहरूको संस्था रोल्पा समाज जापानले नेपाली नयाँ बर्ष २०७६ मा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
रोल्पा समाज जापानको कार्यसमितिको निर्णय अनुसार सम्पुर्ण रोल्पाली जो जापानमा बिभिन्न पेशा ब्यावसायी र रोजगारीको क्रममा छन सबै जनाले नयाँ बर्ष भब्यताका साथ् मनाउनको लागि रोल्पा समाज जापानका अध्यक्ष प्रेमप्रकाश रोका मगरले जानकारी दिनुभयो ।

नेपालबाट आउनु भएकी चर्चित गायिका रितु थापा मगरको उपस्थितिमा विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिने भएकोले नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै एक अर्कासँग परिचित हुने मौका नगुमाउन हुन हार्दिक अनुरोध गरेको छ । साथै सम्पुर्ण जापानबासी रोल्पाली दाजु भाई,दिदिबहिनी तथा जापानमा क्रिर्याशील संघसंस्थालाई पनी उपस्थिति भइ दिन हुन रोल्पा समाज जापानले अपील गरेको छ ।

कार्यक्रम :-
मिति : २०१९/४/१४ तारिख
समय : दिउसो १२:०० देखि १७:०० बजेसम्म
स्थान : टोकियो रोधी क्लब , शिनओकुबो
अतिथि कलाकार : रितु थापा मगर

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया