Nepali date


बिहिबार, असार ५, २०७६

तराईका हावाहुरी प्रभावितलाई सहयोग जुटाउन एनआरएन जापानको अभियान

टोकियो । ग़ैरआवासीय नेपाली संघ एनआरएन जापानले तराई नेपालका हावाहुरी पीड़ितको लागी सहयोग जुटाउन अभियान सुरु गरेको छ ।

गत आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्न एनआरएन जापानले सहयोगको अपिल गरेको हो ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै, जापानमा रहेका विभिन्न संघ संस्थाहरुलाई यो विपत्तीमा संगै हातेमालो गरि चाँडो भन्दा चाँडो राहत पुर्याउनका लागि आह्वान गरिएको छ । एनआरएनए जापानद्वारा जारी विज्ञप्तीका अनुसार, तत्काल कम्तिमा पनि ५ लाख नेपाली रुपाँया सम्म सहयोग पठाईने तयारी गरिएको छ । सो रकम संकलनका लागि अन्य सामजिक संघ संस्थाहरुलाई पत्रमार्फत जानकारी गराईएको छ । संघका महासचिब बुद्धीराज घिमिरे बताए अनुसार यो विपतको घडीमा संगै हातेमालोगरी सहयोग पुर्याउन ईच्छुक संघसंस्थाहरुले, जेपि बैंकको (JP BANK 10010-52370361 ) मा आफ्नो सहयोग रकम पठाउन सक्नेछन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया