शुक्रबार, बैशाख ०७, २०८१

मिडिया म्यूजिकल मेला साँस्कृतिक कार्यक्रम आज भब्य रुपमा हुने

टोकियो । टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम आज भब्य रुपमा हुने भएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा आज मार्च ३१ तारीख आईतवार साँझ ५ वजेवाट औपचारिक रुपमा पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो ।
सो साँस्कृतिक मेलामा नेपालवाट चर्चित गायिका तथा मोड्ल रितु थापा मगर शनिवार टोकियो आईपुगेकी छिन् ।
साथै जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,गायक चेतन घर्ती मगर लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ ।
मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो ।
नेपाली कला संस्कृतिलाई संरक्षण गर्दै उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक शान्त पहरीले बताउनु भयो ।
राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्यमा हुन लागेको उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।