जापान । तोचिगि केनका अग्नि पिडितलाई तमु धीं जापानद्दारा आर्थिक सहयोगगरेको छ ।
केहि महिना अगाडी तोचिगि केन स्थित तोचिगीको “हाम्रो रेष्टुरेन्ट” को आगोलागिमा परेर घाईते हुनेहरु ( ओम गुरुङ, धिरेन गुरुङ, शान्त बहादुर गुरुङ र शान्ति गुरुङ) लाई तमु धीं जापानले आर्थिक सहयोगका साथै “स्याई-स्याई” गरेको छ ।
मार्च २४ तारिख आईतवार संस्थाका अध्यक्ष अनिता गुरुङ, उपाध्यक्ष अमर गुरुङ, महासचिव चित्र गुरुङ, संरक्षक याम गुरुङ, सदस्य मिलन गुरुङ र तोचिगी क्षेत्रको घिका अध्यक्ष लाल प्रशाद गुरुङ पिडितको घरमै गएर सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष अनिता गुरुङले दु:खको बेला सहयोग गर्नु नै संस्थाको उद्देश्य र गुरुङको प्रचलनमा दु:खमा पर्ने वेलामा “स्याई-स्याई” गर्ने प्रचलन रहेको र तेही अनुसार धींले दु:खको घाउमा मलम पट्टी लाउने काम मात्रै गरेको वताउनु भयो ।
तमु धीं जापानको पहलमा घान्द्रुक समाज जापान, पन्चासे समाज जापानको विशेष सहयोगमा १६८,१०० येन सहयोग गरेको छ ।

