बिहिबार, असार ११, २०८३

जापानले विदेशी कामदारप्रति उचित व्यवहार गर्न निर्देशिका जारी

टोकियो । विदेशी कामदारप्रति उचित व्यवहार गर्न कम्पनीहरुलाई निर्देशिका जारी गरेको छ । जापानको न्याय मन्त्रालयले नयाँ आउने अप्रिल १ देखि लागू हुने ‘विशिष्ट कौशल’ भिसामा जापान आउने विदेशी कामदारको राम्रो देखभाल गर्न सो निर्देशिका जारी गरेको हो । कम्पनीले आफ्ना नयाँ कामदार विदेशबाट आएपछि उनीहरुलाई कार्यस्थल वा एकोमोडेशनमा लैजानु पर्ने निर्देशिकामा उल्लेख छ ।

विदेशी कामदारलाई आवासको व्यवस्था गर्न कम्पनीहरुलाई रेण्टर सम्झौता गर्न वा घरको भाडा तिर्ने ग्यारेण्टी गर्न एक सेवा प्रंदायक समेत खोज्न भनिएको छ । आकस्मिक अवस्थामा सम्पर्क गर्न कम्पनी सूचिकृत हुन पनि स्विकार गर्नुपर्ने छ ।
हरेक कामदारको बस्ने ठाउँ साढे ७ वर्ग मिटर वा सोभन्दा ठूलो हुनुपर्ने निर्देशिकामा उल्लेख छ । नयाँ विदेशी कामदारलाई जापानको संस्ृकति र व्यवहार, फोहोर फाल्ने तरिका, ट्राफिक नियम, स्मार्ट कार्डको प्रयोग लगायतका कुराबारे जानकारी दिन ८ घण्टा वा सा भन्दा लामो समयको एक कक्षा सञ्चालन गर्न पनि कम्पनीलाई भनिएको आसाही सिन्बुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

निर्देशिकाः
रोजगारदाताले गर्न नपाइने कुराः
– विदेशी कामदारको भिसा आफ्नो साथमा राख्ने
– विदेशी कामदार भागेमा उसका परिवार वा आफन्तजनलाई सजाय दिने
– काम वा सेलफोन खरिद बाहेक अन्य कुराका कारण विदेशी कामदारलाई आफ्नो घर छोड्नबाट प्रतिबन्ध

कम्पनीले जापानको जीबनशैलीबारे जानकारी दिनपर्छ जस्तैः
– मेडिकल संस्थामा कसरी उपचार पाउने
– फोहोर व्यवस्थापन कसरी गर्ने

कम्पनीले आवास तल दिइएका तीनमध्ये कुनै एक उपायका माध्यमबाट सुनिश्चित गर्नुपर्छ
१.आवश्यक परेमा विदेशी कामदारको रेण्टल सम्झौतमा हस्ताक्षर गर्ने
२.विदेशी कामदारलाई आवासको व्यवस्था गर्न रेण्टल सम्झौतामा हस्ताक्षर गर्ने
३.विदेशी कामदारललाई कम्पनी आवासको उपलब्ध गराउने

कम्पनीले विदेशी कामदारलाई जापानी भाषा सिक्न निम्न तीनमध्ये कुनै एक उपायबाट सहयोग गर्ने
१.भाषा स्कूलको परिचय
२. अनलाइन भाषा कार्यक्रमको परिचय
३.भाषा सिकाउन भाषा शिक्षक नियुक्त गर्ने