सोमबार, बैशाख ०७, २०८३

किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलनको तयारी सुरु

खोटाङ । ‘पहिचानसहितको संघीय शिक्षा प्रणाली लागू गरौ, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागौ’नारासहित किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलनको तयारी सुरु गरिएको छ ।

आगामी वैशाख २६ गतेदेखि खोटाङको दिक्तेलमा हुने सम्मेलनको प्रचार गर्ने कार्य सुरु गरिएको संघकी अध्यक्ष बिर्सिका राईले बताइन् । सम्मेलनको उद्घाटन वैशाख २६ गते हुनेछ । २७ र २८ गते बन्दसत्र चल्नेछ ।
सम्मेलनमा १९ जिल्लाका विद्यार्थी प्रतिनिधि तथा परिवेक्षक गरी करिब ५ सयजना सहभागी हुनेछन् । सम्मेलनको प्रचार अनुरुप खोटाङको दिक्तेलमा भित्तेलेखन र व्यानर टास्ने काम थालिएको हो ।
सम्मेलन सम्पन्न गर्नका लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्नेछ । जिल्ला–जिल्लाबाट प्राप्त हुने दायित्व, संगठनबाट उठेको लेबी र अन्य विभिन्न सरकारी तथा निजी संस्था र व्यक्तिबाट सहयोग उठाएर आर्थिक व्यवस्थान गर्ने योजना छ ।

संघको राष्ट्रिय सम्मेलन किरात प्रदेश प्राप्तिको अभियानसँग जोडिएको छ । संघले प्रदेश नं १ लाई ऐतिहासिक भूगोल, सभ्यता, किरातहरुको ऐतिहासिक निरन्तरता पहिचानका आधारमा किरात प्रदेश नामाकरण गर्न दबाब दिदै आएको छ ।