Nepali date


आइतवार, साउन ५, २०७६

जापानको नागोयावाट गायक राजिव लामाले यसरी ल्याए कान्छी… भिडियोसहित

नागोया । जापानको ब्यस्ता शहर नागोया बिगत १२ वर्ष अगाडी देखि बस्दै आएको गायक राजिव लामाले कान्छी सुनन बोलको गीतलाई युट्युब चानल मार्फत सार्बजनिक गरिएको छ ।

जाऊ जाऊ साथी रेलैमा,वन लभ, टोक्यो शहरमा र हामी नेपाली जस्ता बहु चर्चित गीतहरुको सफलता पश्चात पुन: एकपटक छुट्टै जनरा लोक-हापमा कान्छी सुनन बोलको गीतलाई युट्युब चानल मार्फत सार्बजनिक गरिएको हो ।

आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ / नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यो गीत मा शब्द, संगीत र गायन आफै रहेको अनि गीतलाई अझ सुन्दर बनाउन अस्ट्रेलियामा बस्ने र्यापर थुजे दोन्दुप (बिएत् ब्याण्ड) ले फलो गरेको कुरा गायक लामाले हाम्रो अन्लैन लाई बताएको छ भने उक्त गीत लाई संगीत सम्जोजन र मिक्स मस्तारिंग बिशेष पाण्डेले आफ्नै होम स्टुडियो द बेस्मेंट नेपालबाट प्रोडुस गरेको छ ।
गीतमा बाँसुरी र सारंगीको धुन लाई ‘द ड्रिम्स स्टुडियो’ गरेको छ र गीतमा व्यकबोकल रोमन बज्राचार्यले डब्लु आइ पी आफ्नै रेकर्डिग स्टुडियो बाट गरेको छ र यो गीत लाई लिरिकल भिडियो अनिमेसनमा लन्डन बाट सत्य आदित्य वाईबा ले गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया