टोकियो । जापानी लोकप्रिय गायिका आओई सानोको एकल सांस्कृतिक कार्यक्रम ‘हिकारी सङग गिफ्ट’आयोजना गरिने भएको छ ।
यही मार्च २४ तारिक आईतबार साँझ ६ बजे देखी टोकियो सिनओकुबोस्थित रोअन हल जापानमा रहेका नेपाली समुदाय बिचमा सहयोगी र लोकप्रिय गायिकाको परिचय बनाएकी गायिका आओई सानोले नेपालमा गएको विनासकारी महाभुकम्प प्रश्चात हरेक बर्ष जापानका बिभिन्न क्षेत्रमा सागितिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रम बाट संकलित रकमले नेपालका भुकम्प पिडित हरूका साथै बिबिध क्षेत्रमा स्वयमसेवीको रूपमा कार्य गर्दै आईरहेकी छिन। यस बर्ष कार्यक्रम बाट संकलित रकम दोलखा ज़िल्लाको भिमेश्वर नगर पालिका वार्ड न २ सोक्ला गाउमा सोलार लाईट बितरण गरिने गायिका आओई सानो ले जानकारी गराईएकी छिन ।

जापानी र नेपाली म्युजिसियन हरूका साथमा गायिका आओईले आफ्ना लोकप्रिय जापानी गीतहरूका साथै केही नेपाली गीतहरू पनि प्रस्तुत गर्ने छिन भने, रामकृष्ण बम मल्ल, सुर्य खड्का, सोना के सी, रामसरण रसाईली, शंकर पाईजा मगर लगायतका नेपाली सगीतकर्मी हरूको समेत सागितिक प्रस्तुति रहने छ ।
बाक्लो संख्या जापानिज दर्शकहरूको उपस्थित रहने उक्त कार्यक्रममा जापानबासी नेपालीहरूमा पनी उपस्थितीको लागि आयोजकबाट रामकृष्ण बम मल्लले अनुरोध गर्नु भएको छ ।


