सोमबार, जेठ ११, २०८३

भकुण्डेमा ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ हुँदै

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका, भकुण्डेमा ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ हुने भएको छ । तामाङ चलचित्र संघको आयोजनामा महोत्वि हुन लागेको हो ।

संघले पत्रकार सम्मेलन गरेर  महोत्सव हुने जानकारी दिएको हो । महोत्सव आगामी चैत्र २९, ३० र बैशाख १ गते गरि ३ दिन हुने संघका अध्यक्ष विकु थोकरले बताउनुभयो । अध्यक्ष थोकरका अनुसार महोत्सवमा २०७० सालदेखिको तामाङ चलचित्र प्रदर्शन हुनेछ ।

महोत्वसमा उत्कृष्ट चलचित्रलाई नगद सहित सम्मान गर्ने उहाँले बतानुभयो । चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकारहरुलाई पनि सम्मान गर्ने आयोजकले बताएको छ । चलचित्र महोत्सवमा तामाङ चलचित्रलाई गुणस्तरीय रुपमा निर्माण गर्नका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि गर्ने आयोजकले जानकारी दिएको छ ।