सोमबार, जेठ ११, २०८३

‘बाग्लुङको बजार झिलिर मिली’ सार्वजनिक

ललितपुर । सर्जक खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जना सहित बाग्लुङको बयान गरिएको नयाँ गीत बाग्लुङको बजार झिलिर मिली भर्खर मात्र सार्वजनिक भएको छ ।
त्यस क्षेत्रको बयान गरि तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा मनोज भण्डारी र रितु थापा मगरेको आवाज रहेको छ ।
राइजिङग नेपाल इन्टरटेनमेन्ट यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गीतमा मौलिकतासंगै बाग्लुङका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वयान गरिएको छ । प्रकाश भट्टको निर्देशन बहु चर्चित गायक तथा मोडल प्रकाश सपूत र रितु थापा मगरको उत्कृष्ट अभिनय रहेको छ । चर्चित क्यामेरा मेन दुर्गा पौडेलको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ। प्रस्तुतकर्ता भण्डारी जापानमा कर्म थलो बनाएता पनि नेपाली गीत संगित क्षेत्रको बिकासको लागि अघि बढेका छन् । भण्डारीको गजल गीत प्रहार पनि यस अघिनै सावजनिक भईसकेको छ।