बुधबार, माघ ३०, २०८१

राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५ नवलपरासीमा सम्पन्न

नवलपरासी । राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५ नवलपरासी जिल्लाको बर्दघाटमा सम्पन्न भएको छ ।

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीको विशिष्ट आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको हाे । अवार्ड कार्यक्रममा विभिन्न लोक दोहोरी सुगम संगीत चलचित्र लगायतका बिधामा अवार्ड बितरण गरिएको थियाे।

अवार्ड कार्यक्रममा प्रमुख अतिथि बस्यालले कला भनेको विश्वलाई जोड्ने राम्रो माध्यम रहेको बताए।उनले नेपाली कलाले हामी नेपालीहरुलाई एक सुत्रमा बाँधेको बताउँदै कला संस्कृति भनेको राष्ट्रिय गौरव हो भन्ने धारणा राखे।नेपाली कला संस्कृतिले नेपाली संस्कृतिलाई विश्वमा चिनाएकोले यसको संरक्षण सम्बर्द्धनमा सबै लागिपर्नु पर्ने बस्यालले बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले कलाकारहरूको हक अधिकारको लागि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताउनु भयाे। बर्दघाट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्ता चापागाई लगायतले नेपालको कलाक्षेत्रको बारेमा चर्चा गरेका थिए।संघका केन्द्रिय उपाध्यक्षहरु प्रकाश कटुवाल, अमृत खाती, उमा श्रेष्ठ, सचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्ष मिलन श्रेष्ठ, संचारकर्मी तथा चलचित्रकर्मी माधवराज खरेल लगायत विभिन्न जिल्लाका पदाधिकारी तथा प्रतिनिधि एवम् चर्चित कलाकारहरु तथा कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा विविध विधामा चर्चित गायक कुलेन्द्र विक, विष्णु माझी, श्रीदेवी देवकोटा, एम बराल, सावित्री मगर, मिना निरौला लगायतले विविध विधामा अवार्ड जितेका थिए ।
कार्यक्रममा कुलेन्द्र विक, एम बराल, खड्ग गन्धर्व, मिना निरौला, करिष्मा ढकाल लगायतले आकर्षक प्रस्तुति राखेका थिए।
अवार्ड कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, संघका काठमाण्डौ जिल्ला अध्यक्ष गोविन्द ढुङ्गाना, नवलपरासी सेवा समाज कतार लगायतलाई सम्मान समेत गरिएको थियो । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रको संरक्षकत्व तथा जिल्ला शाखा नवलपरासीको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ नवलपरासीका अध्यक्ष राधा तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । अवार्ड जित्नेमा मेलिना राई,अनमोल केसि, मिना निरौला,युनिक भोजराज बिक,इन्द्र कुमार श्रेष्ठ,सन्द्या सानू,भावना आचार्य,महेन्द्र गौतम,हरि डागी,राजेश तिमिल्सिना,गोपाल तिवारी,गाेबिन्द साेनि रहेका थिए । भने प्रदेस नम्बर ५ का इन्चार्ज थानेस्वोर अधिकारी,अध्यक्ष लालमनि भुसाल,कपिलवस्तु अध्यक्ष पुर्ण चन्द्र परियार,रुपन्देही उपाध्यक्ष सथै सचिब प्रदेश नम्बर ५ का उपाध्यक्षकाे उपस्थिति रहेको थियो ।