सोमबार, बैशाख ०७, २०८३

एनआरएनए जापान महिला फोरमको होली विशेष कार्यक्रम सम्पन्न

टोकियो । ग़ैरआवासीय नेपाली संघ जापान महिला फोरमको होली सम्पन्न गरेको छ ।
बुधबार जापानमा व्यस्त समयकाे वावजुत पनि नेपाली चाडपर्वकाे जगेर्ना गर्न एनआरएनए महिला फाेरमका महिलाहरु सक्रिय देखिएका छन।

रंगको पर्व हाेली तथा फागुपुर्णिमाकाे अवसरमा टोकियोको काेवुस्थित ताेयामा पार्कमा अायाेजित शुभकामना अादानप्रदान तथा हाेली विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
सो होली कार्यक्रमलाई उपस्थिति सबैलाई महिला फ़ोरमका संयोजक सविता श्रेष्ठले धन्यवाद ज्ञापन दिनुभएको थियो ।
रंगहरूको पर्व होलीको आज शुभकामना अादानप्रदान खानापिन गरी सम्पन्न गरेको टोकियोबाट प्रतीक्षा पुरीले जानकारी दिनुभयो ।