सोमबार, बैशाख ०७, २०८३

प्रचण्डलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली राजदूतावास पुगेका छन् ।

वासिंगटन डिसीस्थित नेपाली दूतावासमा प्रचण्डलाई अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कुमार कार्की तथा कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।

सो क्रममा राजदूत कार्की पछिल्लो अमेरिकी रणनीति तथा राजदूतावासको कार्य सम्पादनका बारेमा ब्रिफिङ गरेका थिए । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए ।

अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिना अघि सिंगापुरमा पुष्टि भएको थियो ।