जापान । ओखलढुङ्गा सेवा समाज जापानले मृगाैला पिढितलाई अार्थिक सहयाेग गरेका छ ।
राेजगारी सिलसिलामा जापानमा रहनु भएकाे युवाहरुकाे सकृयतामा
गठन गरिएकाे ओखलढुङ्गा सेवा समाज जापनका अध्यक्ष सन्ताेष बानिय,उपाध्यक्ष सुरेस घिमिरे,सचिब फडिन्द्र पाेखरेल र काेषाध्यक्ष बिमल कार्किकाे सकृयतामा जापानमा राेजगारिकाे लागि जानु भएकाे नेपालि दाजुभाई हरुबाट संकलन भएकाे रु ६०१०० साठी हजर एक सय रकम ओखलढुङ्गा जिल्ला सुनकाेसि गाउपालिका सिस्नेरि निबासी मृगाैला पिढित भेषकुमारी थापालाई उपलब्ध गराएका हो ।
भेसकुमारी थापा मृगाैलामा समस्या भै लामाे समय देखि टिचिङ हस्पिटलमा उपचारमा छिन ।
घर परिवारकाे अार्थिक अबस्था नाजुक भएकाे र उपचारमा समस्या परेकाे ले उपचारमा सहयाेग पुगाेस भनेर अाफुहरुले श्रम गरेर कमाएकाे रकमकाे केहि हिस्सा सहयाेग गरेकाे ओखलढुङ्गा सेवा समाज जापनका उपाध्यक्ष सुरेश घिमिरेले जानकारि दिनु भयाे ।
संकलन गरिएकाे उक्त रकम अाेखढुङ्गा बाट प्रतिनिधिसभामा निर्बाचित सभासद् माननिय यज्ञराज सुनुवारले अस्पतालमा गएर नगद रु ६०१०० साठी हजर एक सय मिति २०७५ साल चैत्र ४ गते बिरामिकाे अाफन्तलाई हस्तान्तरण गर्नु भयाे । सामाजिक सेवामा सकृय युवाहरुकाे कामकाे उच्च सम्मान सहित धन्यबाद ब्यक्त गर्दछु सभासद् माननिय यज्ञराज सुनुवारले भन्नु भयाे । उक्त ओखलढुङ्गा जापान सेवा समाजले अग्नि पिडित लगाएत अन्य क्षेत्रमा पनि सहयाेग गर्दै आएकाे छ ।
मृगाैला पिढित भेषकुमारी थापा सहयोग अभीयान मा साथ दिनु हुने सम्पूर्ण नेपाली बा आमा ,दाजुभाई तथा दीदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दै अहिले सम्म ओखलढुङ्गा सेवा समाज जापन मार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनमा आभारी छौ यो हाम्रो सहयोगले पक्कै पनी पीड़ितलाई केहि न केहि त राहत पुग्ने छ भन्ने आशा गर्दछौ ओखलढुङ्गा सेवा समाज जापान नरेश कार्की ५००० सन्तोष वानियाँ ३००० सूरेश घिमिरे २००० बिमल कार्की २१९१ सोफिया वानियाँ १००० फडीन्द्र पोखरेल २००० धन थापा २५०० बिष्णु कुमार २००० राजेश खत्री १५००० डुकु ठीमि १००० राजन तिमिसीना २००० यादब काफ्ले १००० युध्दमान गैरे २४४४ ओर्बिल तिमिसिना १००० सितल गुरुङ १००० प्रिन्स क्षेत्रि १००० रानीका के.सी १००० शोभा राई १००० नबराज गुरुङ १००० सुमन के.सी ५०० सुमन श्रेष्ठ ५०० सूरेश चापागाई १००० सुबाश लोहोनी ५०० रन्जन सिवाकोटी १००० जनक बन्जारा १००० तिर्थ उपाध्याय ५०० सुरेन सुबेदी ५०० बिमला बिस्ट ५०० चुडामणि काफ्ले १००० मन्दिरा मैनाली १३०६ टोटल रकम ५५४४१ एन् नेपाली रु ५४१०० रहेको छ ।
संचारकर्मी सिता राईको तर्फ बाट रु १००० गरि संकलन गरिएकाे उक्त रकममा रुपैया ५ हजार थप गरि अाेखढुङ्गा बाट प्रतिनिधिसभामा निर्बाचित सभासद यज्ञराज सुनुवारले सहयोगीलाई स-धन्यवाद सहित पीडितलाई हस्तान्तरण गर्नु भयाे ।
उक्त अाेखलढुङ्गा सेवा समाज जापान ले अग्नि पिडित लगाएत अन्य क्षेत्रमा पनि सहयाेग गर्दै अाएकाे छ ।

