जापान । नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङ नेपाल फर्कनेक्रममा विदाई तथा सम्मान कार्यक्रम गरेका छन ।
मंगलवार टोकियोमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरेको हो ।
तमु धी जापानले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापान र मनाङ सोसाइटी जापानले संयुक्त रूपमा सम्मान गरेको थियो ।
नेपालबाट जापानमा करातेको खेलाडी लेइ २ पदक जीताउन सफल हुनू भएकोमा सम्मान गरेको थियो ।
नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले जापानमा ऐतिहासिक पदक जितेको थियो । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका थीए । आइतबार जापानको काजकिस्तान खेल भएकोंल थियो । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।
यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए।
६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका थीए ।
तमु धीका अध्यक्ष अनिता गुरुङ्को सभापतित्वमा सम्पन्न कार्यक्रमलाई अमर गुरुङ्ले संचालन गर्नु भएको थियो ।
साथै सोमबार साँझ सफल व्यवसायी रविन शेरचनले आयोजना गर्नु भएको खेलाडीहरूको विदाई तथा सम्मान कार्यक्रममा ३ लाख येन संकलन गरी खेलाडीहरूलाई प्रोत्साहनको लागी सबै खेलाडीहरु वितरण गरिएको थियो ।








