सोमबार, बैशाख ०७, २०८३

जापानी भाषा वक्तित्वकला प्रतियोगिताको आठौँ संस्करणमा सम्पन्न

टोकियो । नेपाल जापान अध्ययन केन्द्र नेपाकेनको आयोजनामा हुदै आएको जापानी भाषा वक्तित्वकला प्रतियोगिताको आठौँ संस्करणको बिजेता सुसिल पौडेल हुनुभएको छ ।

टोकियोको रिस्यो विश्वविद्यालयमा आयोजना भएको प्रतिस्पर्धामा अनलाईन मार्फत सहभागि मध्ये उत्कृष्ट १४ जनाले उपाधीका लागि प्रतिस्पर्धागरेका हुन् ।
नेपाकेन जापान र टोकियो रिस्यो विश्वविद्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताका विजेता सुसिल पौडेलले ५० हजार,द्धितिय,सबिना लामाले ३० हजार र तृतिय सुमन सापकोटाले २० हजार येन नगद सहित प्रमाणपत्र हात पार्नु भएको छ । प्रतिस्पर्धामा अडियन्स पुरस्कार पनि सुसिल पौडेलले नै १० हजार येन प्राप्त गर्नु भएको सहभगि अलिसा दासले जानकारि गराउनु भएको छ ।
कार्यक्रम संयोजक धीषण निरौलाका अनुसार प्रतियोगिले विदेशमा रहेका नेपाली विद्यार्थी, जापानी भाषासहित नेपाली कला र संस्कृति, पर्यटन लगायतका विषयमा जापानी भाषामा वक्तित्वकला पस्केका थिए ।