नवलपरासी । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ जिल्ला शाखा नवलपरासीले आयोजना गरेको राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ भव्य र सव्य रुपमा सम्पन्न भएको छ । नवलपरासीको बर्दघाटमा सम्पन्न उक्त अवार्डमा लोक दोहोरीको पपुलर अवार्ड गायिका तर्फ गिता सेन्चुरीले हात पारेकी छन ।
लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिर,तर्फको रचना नयन सोडारी” चिन्तित” गायक कुलेन्द्र बिक र गायिका बिष्णु माझी,चलचित्र तर्फको अवार्ड यम बराल र मीना निरौला,आधुनिक तर्फको अवार्ड मेलिना राई,मोडल लोक दोहिरी तर्फ महेन्द्र गौतम र करिष्मा ढकाल ,पप गित रचना तर्फ शरद राज मैनाली,लोक दोहोरी पपुलर तर्फ गायक हरि डाङ्गी,नव गायिका बिन्दा परियार,लोक गीतमा रन्जित परियार नव गायिका सुगम सुनितामी परियार सङ्गीत सम्योजक लोक दोहोरी तर्फको अवार्ड राकेश सोनी,नव मोडेल देबेन्द्र क्षेत्री लगायतका विभिन्न बिधामा अवार्ड बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली गित सङ्गीतको क्षेत्रमा बिगत लामो समय देखि लागिरहनु भएका सर्जक ,श्रष्टा,सहयोगी हरुलाई सम्मान पनि गरिएको थियो ।


