Nepali date


आइतवार, चैत्र ३, २०७५

एनआरएन अध्यक्ष भट्टको नेतृत्वमा जापानमा बिशेष कार्यक्रम,तयारी पुरा

टोकियो । गैरआवसीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टको नेतृत्वमा क्रमश: आईसिसि महासचिव डा.बद्रि केसी,प्रवक्ता भुषण घिमिरे,युवा संयोजक सुदन थापा,यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा, उपसंयोजक पारसमणि पोखरेल आईसिसि सदस्यसंगै एनसिसि जापानका अध्यक्ष टासि वाङदी लामाको सहभागितामा जापानका ३ शहरमा यहि मार्च १५ तारिक बाट १७ तारिक सम्म आयोजना गरिने कार्यक्रमको तयारी पुरा भएको एनसिसि जापानका महासचिव बुद्धिराज घिमिरे ले जानकारी दिनु भयो ।
कार्यक्रमहरु क्रमश: २०१९ मार्च १५ तारिख सिजुओकामा बिहान १२:३० बजे बाट २:३० बजे सम्म आईसेरु २१ मा हुने जानकारी सिजोओखा क्षेत्रीय समितिका संयोजक माधव उप्रेतीले दिनु भयो । नागोयामा आयोजना हुने कार्यक्रमको लागि साझ ५ बजे बाट ८ बजे सम्म WINC AICHI HALL मा हुने नागोया क्षेत्रीय समितिका संयोजक दिपक केसीले जानकारी दिनु भयको छ।टोकियोमा भने मार्च १७ तारिख आइतबार दिउसो २ बजे देखि ६ बजेसम्म सिनओकुबो रोधी घरमा आयोजना हुने जानकारी एनआरएनए जापानले दिईएको छ ।

गैरआवसीय नेपाली संघका बिभिन्न गतिविधि र नीति- कार्ययोजना बारे जानकारी गराउनुका साथै एनआरएनए आईसिसि द्वारा एनआरएनएका बारेमा प्रशिक्षण समेत दिने कार्यक्रम तय भएको छ । सोही अवसरमा २१ मेघावाटको म्याग्दी ठुलो खोलाको हाईड्रोपावर र अन्य क्षेत्रमा गैरआवसीय नेपालीहरुको लगानीको अवसरका विषयमा जानकारी गराइने एनसिसि अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो ।
कार्यक्रममा आइसिसि अध्यक्ष भवन भट्ट,महासचिव डा.बद्री केसी, युरोप संयोजक शिव बरुवाल का साथै जापानमा रहनुभएका आइसिसिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने छ । कार्यक्रमको लागि महासचिव डा. बद्रि केसि र युरोप संयोजक शिव बरुवाल १४ तारिक जापान आईपुग्नु हुने छ ।

कार्यक्रमको तयारीको लागि सम्वन्धित क्षेत्रका संयोजकहरुलाई एनसिसि जापानले सर्कुलर गरि सकेको र कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा उपस्थितिको लागि सम्पुर्ण महानुभाव हरुलाई आयोजकले अनुरोध समेत गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया