बिहिबार, बैशाख १३, २०८१

कानागावा नेपाली कम्यूनिटीको अधिवेशन अप्रिल १४ मा हुने

टोकियो । जापानको कानागावा क्षेत्रमा रहेको नेपाली समुदायको हकहितको लागी दुई वर्षअघि स्थापना भएको कानागावा नेपाली कम्यूनिटीको अधिवेशन आउदो अप्रिल १४ तारीख हुने भएको छ ।
आज बुधवार संस्थाको अध्यक्ष हरि सापकोटाको अध्यक्षतामा बसेको बैठकले दोश्रो अधिबेशन मिती तोकेको हो ।

बिगत दुई बर्ष देखी कानागानामा नेपाली गतिबिधीलाई ध्यानमा राखी खोलिएको संस्था कानागाना नेपाली कम्यूनिटीले नेपाली मात्र नभैई जापानिज नागरिकहरूसंग समेत हातोमालो गर्दै जापानिज माँझ नेपालीको छबिमा सुघार ल्याउने जस्ता काम गर्दै आएको संस्थाका उपाध्यक्ष सीदार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त अधिवेशनमा सम्पुर्ण कानागावा बासी नेपालीलाई सहभागी बन्न आह्वान समेत गरेको छ ।

कानागावा क्षेत्रमा व्यवसायी,कुक,बिध्यार्थी लगाएतको गरी ७ हजारको हाराहारीमा नेपाली बसोवास गर्दै आएका छन ।