Nepali date


शनिबार, जेष्ठ ११, २०७६

मार्च १७ मा चलचित्र “क्याप्टेन”को टोकियोमा प्रर्दशन,तयारी पुरा

जापान । नेपालमा अत्यधिक मात्रमा दर्शकले रुचाइएको चलचित्र क्याप्टेन जापानमा प्रर्दशन हुने भएको छ ।
जापानको टोकियो स्थित यहि मार्च १७ तारिखमा नाकानो जिरो हलमा साँझ ६ बजे प्रर्दशन हुने सो चलचित्रको तयारी पुरा भएको छ ।
जापानमा पनि अनमोलका फ्यानहरु ठूलो संख्यामा बसोबास गर्दै आएका र क्याप्टेनको माग बढेको कारण चलचित्र प्रर्दशन गर्न लागिएको डेस्टिनि क्रियसनका कृष्ण खरेलले जानकारी दिनुभयो ।
दिवाकर भट्टराइ निर्देशित एवं भुवन केसीद्धारा निर्मित चलचित्र क्याप्टेनमा अनमोल केसी, उपासना सिं ठकुरी , प्रियंका एमभि , सरोज खनाल , सुर्यमाला खनाल ,सुनिल थापा , प्रशान्त ताम्राकार , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । भिजोनिया र डेस्टिनि क्रियसनको संयुक्त प्रयासमा क्याप्टेन जापानको अन्य शहरमा पनी प्रदर्शनी हुने डीसीका असीम बस्न्यातले मातृ सन्देश डट कमलाई बताउनु भयो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया