शुक्रबार, चैत १६, २०८०

मिस जापान नेपाल सोसाईटी गठन

टोकियो । मिस जापान नेपाल सोसाईटी गठन भएको छ ।
सोमवार उत्तम श्रेष्ठको नेतृत्वको मिस जापान नेपाल सोसाईटी गठन गरिएको छ ।
श्रेष्ठको नेतृत्वको दिनेश गुरुङ,जोन छन्त्याल ,करसाङ तामाङ,राज सापकोटा,यज्ञराज श्रेष्ठ,कृष्ण लामा,अनन्य गुरुङ्,आकांक्षा नकर्मी,प्रियंका कार्की ,ज्ञानु महर्जन,स्मृति आचार्य,रूबीना तामाङ्,ललिता तामाङ्,लक्ष्मी गुरुङ्,स्मृति मोक्तान, रेशम तामाङ रहेका छन ।
आउदो अप्रिलको ७ तारिख आइतबार दिन नाकानो जेरोहल हुने ग्राण्ड फिनामा मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडा ,गोपाल कक्षपति,प्रियारानी लामा आउने भएका छन ।

गत वर्षवाट जापानमा हुदै आएके दोस्रो मिस जापान नेपाल प्रतियोगिताको फाराम खुल्ला गरिएको छ ।
शिन्जोउ कर्पोरेशनको आयोजनामा हुन लागेको दोस्रो प्रतियोगिताको फर्म फेब्रुवरी १५ तारिखबाट खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसका साथै मिस जापान नेपाल फिनालेमा निर्णायकको रुपमा मिस नेपाल सहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागीता रहने भएको छ ।
ग्राण्ड फिनाले आगामी अप्रिल महिनाको ७ तारिख आईतबारका दिन राजधानी टोकियोस्थित नाकानो जेरोहलमा हुने तय गरिएको छ । ग्राण्ड फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती आउने हुनुभएको छ ।
बिजेतालाई क्राउन, नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाउने आयोजक संस्था शिन्जोउ कर्पोरशनले जनाएको छ ।

कार्यक्रमका संयोजक रहनुभएका निराजन गैरेका अनुसार तीन शिर्ष टाईटल सहित यसपटक अन्य १५ विषयका प्रतिभाहरुलाई समेत पुरस्कृत गरिने भएको छ ।