बिहिबार, बैशाख ०६, २०८१

जापानवाट सिद्धार्थ श्रेष्ठको सक्रियतामा निर्माण हुँदै गरेको कवर्ड हलको काम अन्तिम चरणमा

टोकियो । जापानबाट सिद्धार्थ श्रेष्ठको सक्रियतामा निर्माण हुँदै गरेको कवर्ड हलको काम अन्तिम चरणमा पुगेको छ ।

श्रेष्ठको सक्रियतामा निर्मान्धिन धौलागिरीमैं पहिलो अञ्चल स्तरिय कवर्ड हलको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

सो हल झन्डै बिस बर्ष पहिला नेपाल सरकारले निर्माण गर्ने भनिएता पनि पछिल्लो अबस्थामा बेवारिसे भई पुर्ण रूपमा सरकारले स्थगित गरेको थियो ।
झन्डै पन्ध्र बर्षसम्म अलपत्र परे पछि जापानमा सामाजिक अभियंता र राजनीतिक रूपमा पनी सक्रिय श्रेष्ठले उक्त कवर्ड पुन निर्माण गर्ने उदघोष गर्नु भएको थियो ।
श्रेष्ठले जापानबाटै सहयोग अभियान चलाई देश विदेशवाट ८ ० लाख रक़म संकलन गरि कार्य सम्पन्न गर्न लागेको श्रेष्ठले बताउनु भयो ।
सो हलमा प्याराफिट,शौचालय महिला/पुरूष ,पार्किंग,पानी धारा सहित प्याराफिट रहेको पनि श्रेष्ठले बताउनु भयो ।