Nepali date


शनिबार, जेष्ठ ११, २०७६

गायक श्याम सितलको “निरमाया” सार्वजनिक

निशान राना,नागोया ।
केही बर्ष अघि देखी जापानलाई कर्मथलो बनाईरहेका धार्दिङका गायक श्याम सितलको “निरमाया” नामक म्युजिक भिडियो गत शनिबार देखि सार्वजनिक गरेका छन ।
लोक दोहोरी तथा अधुनिक दुबै बिधामा गाउन सक्षम गायक सितलको ”निरमाया,सधैं मलाई तिम्रै छ पिरमाया” बोलको गीतमा शब्द संगित र स्वर गायक आफ्नै रहेको छ भने अहिलेका ब्यस्त एरेन्जर उडयराज पौडेलले एरेन्ज गरेका छन् । साथै अस्ट्रेलियाका चर्चित डान्स ग्रुप द नेक्स्ट टिमले भिडियो निर्माण गरेका हुन ।
देड दशक अधि देखी गायन क्षेत्रमा तल्लिन रहेका गायक सितलका तिमले मलाई माया गर्दा कसैको मन रुन्छ भने, तिमीलाई सम्झेर कति रात काटीसके , मट्टीतेल र सलाई जस्ता चर्तित गीत लगाएत लोक दोहोरी तथा अधुनिक गरी दर्जन बढी गीतहरु बजारमा ल्याईसकेका उनी आफु जहाँ रहेपनी नेपाली संगीतलाई छोड्ननसकेको बताउँछन । जापानमा हुने बिभिन्न सांगितिक कार्यक्रमहरुमा आयोजकले प्रस्तुतीको लागि बोलाँउदा र दर्शकको माया पाउँदा आफु हर्षविभोर हुने गरेको ख़ुशी सुनाउँछन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया