मङ्गलबार, बैशाख ०४, २०८१

जापानमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम : महिला एकतामा जोड

टोकियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा रहेका नेपाली महिलाहरुले एक कार्यक्रमको आयोजना गरी नारी दिवस मनाएका छन् ।
टोकियोको सिनओकुबोमा आईतबार“लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” भन्ने मूल नाराका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो ।
कार्यक्रममा बिभिन्न पेशा तथा व्यवसायमा आबद्द हुनुभएका व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कमला लम्साल काप्रीको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी एवम् सफल यूवा ब्यवसायी महेश कुमार श्रेष्ठ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, महिला पत्रकार पबन बर्षा शाह लगायत अन्य अतिथि महानुभाबहरुले नारी अधिकारको वारेमा आफ्ना बिचारहरु राखेका थिए ।
कार्यक्रममा बोलेका वक़्ताहरूले महिला एकतामा जोड़ दिएका थीए । अरुको सम्मान गरेर अघि बढ़न सुझाव दिएको थियो ।
समारोहमा, एनआरएनए जापानका महिला उपाध्यक्ष अनिता गुरुङ, महिला फोरम संयोजक सबिता श्रेष्ठ, नयाँ शक्ति प्रवास महिला संयोजक सरिता ढकाल, बिभिन्न पार्टीका प्रवास संगठनका प्रतिनिधीहरु, पत्रकार लगायत बिभिन्न ब्यक्तिहरु उपस्थित रहेको थियो ।
कार्यक्रम नान्सु पाण्डेले संचालन गर्नु भएको थियो ।