बिहिबार, बैशाख १३, २०८१

प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस जापानमा सम्पन्न

टोकियो । प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस जापानमा मनाएका छन ।
नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको सह-आयोजकमा शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाएको हो ।

टोकियोको रोधी घरमा १० मार्च आइतवार सम्पन्न भएको छ ।
जापानका लागी नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए आइसीसीका प्रवक्ता भूषण घिमिरे,सदस्य महेश श्रेष्ठ,दिनेश गुरुङ्,एनआरएनए जापानका उपाध्यक्ष शिब पौडेल,महासचिव बुद्धिराज घिमिरे,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,नेफ़िन सल्लाहकार शरदकुमार गौचन,संजीब राई प्रवासी नेपाली मंच जापानका कार्यबहाक अध्यक्ष सिदार्थ श्रेष्ठ,जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा लगाएतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस र नेपालका आदिवासि जनजातिहरुको मौलिक पर्वहरु उधौलि ( उभौलि ,तमु ल्होसार ,सोनाम लोच्छार ,ग्याल्पो लोसार ,माघि ,माघे सकराति ,तोरन्लाह आदि पर्वहरूको संयुक्त शुभकामना आदानप्रदान कार्यक्रमको स्वागत मन्तब्य संयोजक तथा नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगरले राख्नु भएको थियो ।
उक्त कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूको सभापतित्वमा महासचिब शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।

https://www.facebook.com/matrisandeshofficial/videos/645635335865334?sfns=mo