सोमबार, बैशाख ०७, २०८३

नेतात्रयको अकल्पनीय निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : राजदूत राणा

टोकियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तीन जना नेताको स्मृतीमा शोकसभा सम्पन्न भएको छ ।

आईतबार टोकियोमा हालै निधन भएका नेता त्रय पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी ,नेपाल सरकारका संस्कृति तथा पर्यटन उड्डयन मन्त्री रबिन्द्र अधिकारी र नेकपाका पूर्वसांसद गणेश पण्डितप्रति श्रद्दाञ्जली व्यक्त गरेको हो
नेकपाको जापानमा एकता प्रकृयामा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च९ कार्यदल०को आयोजनामा शोकसभा गरिएको थियो ।

शोक सभामा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै राजदुत राणाले नेतात्रयको अकल्पनीय निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको बताउनुभयो । वहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिवंगत नेताहरुले पुयाउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा, एनआरएन आइसीसी प्रवक्ता भूषण घिमिरे ,कार्यदल सदस्य बेलुकाजी थापा , तात्कालिन प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष सिध्दार्थ श्रेष्ठ,पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले , नयाँ शक्ति पार्टी नेपालको भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना , जनसम्पर्क समिति जापानका तात्कालिन महामन्त्री रामजंग कार्की , तात्कालिन जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल ,नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने लगायतका व्यक्तिहरुले शोक मन्तव्य राखेका थिए ।

त्यस्तै, दिवंगत मन्त्री अधिकारीको पारिवारिक सदस्यका तर्फबाट पत्रकार कृष्ण अधिकारी(भतिजा) ले नेताहरुप्रति श्रद्धाञ्जली मन्तब्य दिएका थिए ।
तात्कालिन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष एवं कार्यदलका सदस्य हवलचन्द्र लामाको सभापतित्वमा भएको शोकसभा तात्कालिन प्रवासी नेपाली मञ्चका उपमहासचिव राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।