शुक्रबार, बैशाख १४, २०८१

कहिलेसम्म महिला सामाजिक प्रथामुखी र सुरक्षा बिहिन ?

नन्दा गुरुङ,जापान ।
आज विश्व महिला दिवस विभिन्न राष्ट्रहरुमा धुमधामका साथ विभिन्न नाराहरुका साथमा मानिरहेका छन् । २०१९ को महिला दिवस “सन्तुलनको लागि राम्रो” अथवा “बलांस फोर बेटर” भन्ने मूल नाराका साथ मानिरहेका छन् ।महिला दिवस मनाइरहदा हामि महिला हक अधिकारको पक्षलाई नै केलाउने हो,प्रेचिन समयमा महिलाहरुले धेरै अधिकारको लागि लड्नुपर्ने,भिड्नुपर्ने, समनागर्नु पर्ने देखिन्थ्यो जुन अधिकार को पहुच समानता देखि समता समाज सम्म सन्तुलन ल्याउनको लागि गरिएका यी लडाइलाइ रोक्न महिलाहरुले महिला सहभागिता , शिक्षालाई नै जोड दिनुपर्ने देखिन्छ ।

नेपालमा महिलाहरुलाई विशेष अधिकार प्रदान गरिएको छ । सन् १९९० को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउदैन । सन् १९९७ मा कुनैपनि महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाईयो । बि। स। २०६३ को संविधानले महिलाहरुको स्थिति सुधारमा विशेष ध्यान दिएको छ । यस अनुसार छोरीलाई पनि छोरा जतिनै अंश मिल्छ र यदी कोइ महिलाले समबन्ध बिच्छेद गर्छिन भने उनको श्रीमानको सम्पत्तिको ५०% सम्पत्ति उनको हुन्छ । यसका साथै सम्बिधानसभामा ३३% सिट महिलाको हुने नियम छ । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली आएको महिला प्रतिको भेदभाबपूर्ण व्यबहार नेपाली समाजको यथार्थ हो ।
लैंगिक विभेदले शोषण र हिंशाका घटनालाई मलजल गर्न मद्धत गरेको हुन सक्क्ष भन्ने महिलाको अवस्थालाई दूरगामी असर पुर्याएको देखिन्छ । यसले महिलाहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत कमजोर बनाउदछ । समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ । यिनै असमाताहरुलाई मध्यनजर गरि समानता, न्याय, शान्ति र विकासको लागि प्रारम्भ गरिएको अभियानको स्मरण गर्दै ८ मार्चको दिनलाई विशेष महत्वका रुपमा लिई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै आइएको छ ।

यसै नारि दिवसको अवसर पारि केहि पेशागत राष्ट्रिय तथा अन्तरास्ट्रिय महिलाहरु संग गरिएको भलाकुसारी लाइ पस्कदै छु । जापानिज महिला सौन्दर्यविद साकुराइ मेकुमी यस पेशामा आबद्द हुनुभएको करीब २५ वर्षको अनुभबलाइ समेट्दै महिलाको अधिकार र राम्रो सन्तुलन जीवन को लागि सौन्दर्यले कसरि भूमिका खेल्दछ भन्ने प्रश्नमा भन्नुहुन्छ ; सौन्दर्य हरेक महिलाको लागि अति नै आवशेक छ जसले महिलाको गुणस्तरीय जीवन र आत्मविश्वास का साथ जिउन महत्वपुर्ण भूमिका खेल्दछ जसले महिलालाई अझ आगाडी बदना सहायता गर्छ।राइज पिअल्ल नेपाली बुटिक मा नेपालि महिलाहरुको बिचमा करिब २ वर्ष वहाले सौन्दर्य सम्बन्धि चर्चा गरिरकेकै बेला जोड्नुभयो जापानमा गरिएको सौन्दर्य सम्बन्धि सर्वेक्षणमा सौन्दर्यामा ध्यान दिने र नदिने महिलाहरु बिचमा गरिएको थियो जसमा निरन्तर आफ्नो निखारतामा ध्यान दिने महिलाहरु मा मानसिक तनाब नभएको र आफ्नो सौन्दर्यलाई ध्यान नदिएको महिलाहरुको मानसिक तनाब भएको सर्वेक्षणले बताएको छ भनेर भनिरहदा मलाई यो मानसिक तनाब भन्ने शब्दले एकदमै छोयो किनकि म मानसिक स्वस्थ सम्बन्धि करिब १ वर्ष सडक मा रहेका मानसिक सन्तुलन गुमाएका मानिसहरुको बिचमा काम गरिरहेको सस्था छहारी नेपाल परिवारलाई सम्झिए बिशेष सडकमा मानसिक सन्तुलन गुमाएको महिलाहरुको अवस्था जसमा विभिन्न उच्च निकायमा सुरक्षा दिने वालाहरुले पनि ति मानसिक असन्तुलन भएका महिला लाइ पनि शारीरिक शोषण गरिएको पिडित महिलाको अवाज याद आयो । यस बाट के स्पस्ट देखिन्छ भने हामी नेपालि महिलाहरु अझै कुन स्थानको तनाब मा छौ बिकसित मुलुकमा सौन्दर्यलाई जोडेर मानसिक स्वस्थ को सर्वेक्षण गरिरहदा हामी नेपाली महिलाहरु सुरक्षा नै छैन भन्ने आभाष भयो ।

फेरि पनि वहाको प्रसंगलाई जोड्न चाहे नेपाली बुटिक राइज पियार्ल्स मा २ वर्ष देखि यता सौन्दर्य तथा छाला जाच सम्बन्धित भएर नेपाली महिलाहरुको बिचमा काम गरिरहनुभएको साकुराइ जी भन्नुहुन्छ नेपाली महिलाहरु आफ्नो सौन्दर्यामा एकदम कम महत्व दिन्छन मात्र पानीले मुख धुने महिलाहरु धेरै आउछन ।र होम केयर एकदमै महत्व छ जसले महिलाको दैनिकीलाई ताजकी दिदछ र हरेक कामहरुमा आत्मविश्वास बढ्नुका साथै उमेर पनि बढ्ने गर्दछ तेसैले जापान को औषद आयु धेरै छ भनेर त्यो प्रसनग पनि जोड्नुभयो ।कति नेपाली महिलाहरु सायद सौन्दर्यमा ध्यान नदिने भएर पनि होला कति अगाडी बढ्ने कामहरुमा लजाउने पछि हट्ने आदत छ केही वर्ष यता मलाई पनि कति कुराहरुमा शारीरिक मोटोपनाले गर्दा अगाडी बादना लाज लाग्ने अलस्य्ता आउने गर्छ , वास्तविकतामा म पनि एकदम साधारन र केहि सौन्दर्य सम्बधि ध्यान नदिने मा पर्छु र तेही मुख धुने समुहको महिला मध्ये मा पनि एक हु । तर मलाई वहा संगको अन्तर्वार्ताले साचिकै सौन्दर्यको सोचाइमा परिवर्तन ल्यायो ,महसुश भयो कि अब मेरो अत्मबिश्वस्मा थप पुनार्बल मिल्नेछ । जापान मा अहिले सबै आफै किनेर होम केयर लाइ धेरै ध्यान दिन्छन जसले गर्दा अहिले उनीहरुले पर्लोर बाट समान किन्न छाडे भन्नुहुन्छ स्वस्थ ,आत्मविश्वास र गुणस्तरिय जीवन जिउन सौन्दर्यले महिलाको चौतर्फी बिकाश गर्न सहायता गर्छ साथै सन्तुलन र राम्रो जीवन २०१९को नारालाई प्रतक्ष्य रुपमा नै प्रस्टौदछ ।
सम्झना फेसन स्टुडियो र इन्डो वेस्तन स्टाइल का प्रोपाइटर सम्झना खड्काले १ वर्ष अगाडी अनलाइन बिजनेस बाट अफो करियर व्यवसायिक रुपमा आगाडी बढाएर बिस्तारै पसल राख्नुभयो बढाउदै आउनुभएको हो नेपाली महिला व्यवसायी सम्झना खड्का भन्नुहुछ , हाम्रो नेपाली महिलाहरु एकदम समय चाहिने भन्दा नचाहिने मा खपत गरिरहेका हुन्छन त्यो समयलाई सानै भए पनि जिम्मेवारी भएर आफ्न काममा लगानी गर्नुभयो भने तेही स – सानो जिम्मेवारीले कर्तब्य मा परिणत गराउदछ र दक्ष बन्नको लागि आफै खोजमुलक बनाउछ । बिशेस गरि महिला सम्बन्धि पोशाख राखेको हुनाले सौदार्यलाई नै जोड दिए जसमा आफैले आफ्नो लागि राम्रो सङ्ग ध्यान दिन नसक्ने अरु कुरामा पनि राम्रो लगाब दिन सकिदैंन तेसैले सानो बाट शुरु गर्नुस तेस्ले बिस्तारै अत्मस्बिश्वास बदाउदै लानुस र आफुले आफैलाई विश्वास दिलाउनु त्यो नै महिलाहरुको लागि एउटा सरल माध्याम हो अगाडी बडनको लागि जिम्मेवारी र आफ्नो कामलाई सम्मान गर्न सक्नु पर्छ ।

सामाजिक प्रथा
नेपाल मा सयौ काल देखि विभिन्न प्रथाहरु र सस्कार सस्कृतिले पिछाडिदै आएका हामी नेपाली महिलालाई दोश्रो दर्जामा राखिएको थियो । प्राचिन समयमा सति प्रथा जसमा श्रीमान को मृत्यु पश्चात संगै आफ्नो पति संग आगोमा जल्नुपर्ने कस्तो बिडम्बनाका दिनहरु भोगी आएको हाम्रो नेपाली महिलालाई अझै “सहनशीलता नै महिलाको गहना हो ।” भन्ने जुन पदले मलाई साचिकै नै विरोधाभास हृदयको अन्तस्करण देखि नै आउदछ । यहि सहनशीलताले नै महिला हिसा लाइ मौलाएको प्रष्ट देख्न सकिन्छ ,बि स १९२० मा प्रधानमन्त्री चन्द्र समशेर राणाले यो सति प्रथाको अन्त्य गरेका थिए । त्यसपछि नेपाली महिलाले सति प्रथाको सामना गर्नु परेको छैन ।तसर्थ , संस्कार सस्कृति नाउमा छाउपडी प्रथा जुन महिनावारी हुदा दाजुभाई र घामले नदेख्ने ठाउमा लुकाउने यिनै समाजले बनाएको चलन छ कस्तो अचम्म लग्छ र चुलो चौका छुन नहुने अशुद्दा भएको भनेर सबै चोख्याएर शुध्ध परिने, पुजा पाठ गर्न नमिल्ने अझै पनि निरन्तर मानिआएका छन् शिक्षित वर्गका भनाउदाहरु पनि यो प्रथालाई प्राथमिकता दिदै आएका छन् ।महिनावारी बिशेष गरि महिला एकदम कमजोरी हुने अवस्था हो आराम गरेर पोषिलो आहार खाएर सहायता लिने ठाउमा अपहेलना सामना गर्नु पर्ने हाम्रो समाजको अन्धविश्वास ले महिलालाई कसरि पछाडी पारिएका छन् यी सबै उच्च ओडामा रहेका महिला अधिकारकर्मी र वक्तारुले व्स्ताबिकामा बोल्नु जरुरि देखिन्छ।मेरो परिवार हिन्दु बुद्दिस्ट पृष्टभूमिबाट हुर्किदै आएको यो प्रथा मेरो आफ्नै परिवारमा पनि अझै चलन मा छ तर मा अहिले इसाई भएको कारण यी सबै प्रथाहरु मेरा लागि सबै ब्यर्थ लग्न थाले किनकी यी सबै मानिसले बनाएका रहेछन , मैले मान्ने परमेश्वरमा कुनै भेटभाव छैन न महिनावारी हुदा मा झन् नजिक भएर प्रथानको समय बिताउछु हरेक महिलाले धर्मशास्त्र अद्ध्यान गरन सक्छन । यी सबै प्रथालाई उन्मुलन गर्न प्रतेय्क महिलाहरु शिक्षित हुनु अनिवार्य छ जसले आत्म निर्भर र बिश्वासको पहुच लै अफ्न कर्तव्यमा कर्यन्यान गर्दछ ।

सुरक्षा
नेपाल मा प्रत्येक दिन जस्तै महिला हिंसा र बलात्कारका घटनाहरु सामाजिक संजालमा दिनानु दिन देखेका छौ । प्राचिनकाल देखि अहिले सम्म आइपुग्दा महिला हिंसा को घटना विभिन्न मध्यम बाट भैरहेका छन् । बिशेष गरि महिला आफ्नै बाबा दाजुभाई बाट पनि सुरक्षित हुन सकेका छैनौ तेस्त वास्तविक घटना देखिरहेका छौ सायद ६ वर्ष पहिले मा “भोइस ओफ च्रिल्द्रेंन ” भन्ने सस्थामा भोलुण्टियर गर्दा हो परिवार विकासको कार्यक्रम अन्तर्गत हामी हरेक हप्ता घर भेटघाट फोल्लो अपमा हाम्रो कार्यक्षेत्र अन्गतार्गत दुइ जना जाने गर्थ्यौ बिशेष रिना जी लाइ सम्झिए यस समय एक परिवार थियो जुन बाबु बाट छोरी पिडित जुन छोरि भर्खर मात्र १२ वर्षको सायद आमा केहि कारण ले छोडेको रहेछ भाइ बहिनीहरु पनि थिए । हामीले तेस नानीलाई बिशेष परामर्श दिएर सहज र सुरक्षित रहन सहायता गरेका थियौ । एसले पनि के स्पस्ट गर्दछ भने महिला हिंसा कति बढेका रहेछन। विभिन्न सामाजिक संनजाल मार्फत महिलालाई चरित्र हत्या गर्ने र अत्महया सम्म पुर्याउने काम महिला माथि नै भैरहेकाछन ,बाटोमा हिड्दा , कहिँ लामो यात्रा हिड्दा महिला नै डराउनु पर्ने , केटि मान्छे एक्लै हिद्नुहुदैन , समय आउनु पर्छ भन्ने सामाजिक मान्यता पनि छ । मेरो बिधार्थी जीवनको यात्रा लै सम्झे जब बेलुका हुन साथ मलाई एकदम डर लाग्थ्यो कहिले घर पुग्ने भनेर किनकि हरेक हप्ता हामी फिल्डमा जादा टाडा टाडा पर्ने भएको कारण सारै नै समय कि ख्याल गर्नु पर्त्यॊ डर कतै केटाहरुले केहि गरिहाल्छन कि बाटोमा एक्लै छु भन्ने हुन्थ्यो र कुद्ने गर्थे । त्यो समय परिस्थिति पनि तेस्तै हरेक महिना अनेक महिला हिंसा बलात्कारका घटना सुन्नु पर्त्यॊ कतै मिक्रोमा हिड्दा एक्लै हुदा पनि डर लाग्थ्यो साझ परे पछि मिक्रोमा मान्छेहरु झर्दै झर्दै जादा एक्लै पो हुने हो कि भन्ने डर पनि हुन्थ्यो किनकि सुन्धारा दखि जोरपाटी सम्म चल्ने निलो मिक्रो मा एकजना जोरपाटी काठमाडौँ का स्टाफ नर्स बलात्कार गरेर मारेको घटनाले मलाई मिक्रोमा एक्लै हुदा पनि डर लाग्थ्यो ।कसरि हुन्छ हामी शारीरिक शोषण भैहल्छ कि भनेर धेरै सचेत हुनु पर्ने नेपाल मा एकदम जल्दो बल्दो त्रास हो यो अहिले पनि जिवन्त छ । यो हुनुमा नेपाल सरकारले सुरक्षमा सहज रुपमा कर्यन्यान गर्न सकिरहेको छैन ।

यसै सुरक्षाको संधर्वालाई जापान संग तुलना गर्दा आकाश पातालको फरक छ । सायद मा पहिलो पटक अनुभब गरे राति हिड्दा डर नलागेको यहाँ जति बेला हिड्दा पनि केहि डर हुदैन जताततै सुरक्षा छ केहि भैहाले पनि तेस्को कारवाही भैहल्छ । १२/१ बजे कम बाट आउदा बिहान ५ बजे उठेर हिड्दा पनि कतै डर को महसुश हुदैन यहाँ कति सुरक्षित महसुस हुन्छ । यो हामी नेपालीमहिलाहरुको लागि एकदमै गहिरो प्रश्न छ किन आफ्नै देशमा सुरक्षको महासुह हुदैंन । दिनानुदिन तेस्तै तेस्तै घटनाहरु सामाजिक संजाल मार्फत आइरहेकाछन तेसैले नेपाल मा महिलाको लागि पहिलो प्राथमिकता सुरक्षा र शिक्षाको लागि नै दिनु पर्ने देखिन्छ।अहिले नेपाल मा नै महिला सभामुख ओनसरी घर्ति मगर र महिला राष्ट्रपति बिध्यादेबी भण्डारी छन् र पनि महिला ह्हक हितको लागि प्रभाकारी रणनीतिहरु बनेका छैनन
बिकाशको खुड्किलो बढाउनको लागि शिक्षा नै मूल जड हो जसले जीवनलाई जिवन्त गर्दछ आत्मविश्वास र आत्मनिर्भर गर्न सहायता गर्दछ । विभिन्न पेशामा अबद्दा महिलाहरुले पहिलो प्राथमिकता शिक्षा लाइ नै दिएका छन र कति सम्म प्रयोगमा आएका छन् त्यो अझ महत्वपुर्ण हुन आउछ ।परिवारमा एउटा महिला शिक्षित छ भने परिवारलाई असल ढंगले संचालन गर्दछ र कर्तब्यवान बनाउछ । सबै महिला हक अधिकार हरुलाई उद्घोष गर्न विभिन्न बिकासका आधारहरु बनेका छन् २०६३ को संबिधान अनुसार आमाको नाम बाट नागरिता पाउने अबिबाहित महिलाले पनि छोरा समान अंश दिने र सम्बन्ध बिछेद्द भएको महिलाहरु ५० % पतिको सम्पत्ति पाउने अधिकार पाएको छ । अहिले महिलाहरुमा सचेतना बढेको छ र सरकारले पनि सुविधाहरु दिएको छ । तर महिलालाहरुलाई सुरक्षा एकदमै कम छ नेपाल को परिबेशमा जुन हिंसा र बलात्कारको घटनाले जटिल रुप लिरहेको छ ।

निर्मलाको बलात्कार हत्या काण्डले अझै ठोस रुप् लिन सकिरहेको छैन उनको बाबाले मानसिक सन्तुलन गुमैसकेका छन् यी यस्ता घटना गर्नेहरुलाई अन्त्य गर्ने प्रमुख मापदण्ड बनोस र सहज ढंगले महिला हिड्न बोल्न सक्ने बाताबरण बनाउन अहिले तत्कालको चुनौती बनेको छ ।महिलाहरुलाई चौतर्फी बिकाश र अत्मनिर्बह्र गर्न सौन्दर्य ,शिक्षा र विभिन्न प्रथा सामाजिक संरचना र सस्कारका नराम्रा पक्ष लाइ हटाएमा नेपाली महिलाहरु पनि बिकशित मुलुकका महिलाहरु संग समान हुन कुनै समय लाग्दैन ।